close

आईओएसको नयाँ अपडेट, म्यासेजका अश्लील फोटो स्वतः ब्लर

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १०:३७

आईओएसको नयाँ अपडेट, म्यासेजका अश्लील फोटो स्वतः ब्लर

काठमाडौं  । एप्पलले आईओएसको पछिल्लो बेटा भर्सनमा म्यासेज एपको लागि नयाँ कम्युनिकेसन सेफ्टी फिचर थप गरेको छ । बेटा भर्सनमा उपलब्ध आईओएस १५.२ मा बालबालिकालाई लक्षित गरी नयाँ सेफ्टी फिचर उपलब्ध गराइएको हो । 

यो फिचरले म्यासेज एपहरूबाट आदानप्रदान हुने फोटोहरू स्क्यान गरी नग्न वा अश्लील खालको भए स्वतः ब्लर गर्नेछ । ब्लर फोटोहरू खोल्नु अघि प्रयोगकर्तालाई चेतावनी सन्देश पनि दिने सुविधा यो फिचरमा छ । यो फिचर अहिले एप्पलको फेमिली सेयरिङ सिस्टममा उपलब्ध छ । 

चेतावनीपछि पनि बालबालिकाले उक्त फोटो हेरेमा त्यसको नोटिफिकेसन उनीहरूको अभिभावकलाई भने जाने छैन । 

एप्पलले बालबालिकालाई अनलाइनमा हुने यौन दुर्व्यवहारबाट बचाउने भन्दै अगस्टमा कम्युनिकेसन सेफ्टी फिचर घोषणा गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२