close

फोन चलाउने स्मार्ट तरिका, बोलेकै भरमा मोबाइलले गर्नसक्छ यति धेरै काम

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १३:५७

फोन चलाउने स्मार्ट तरिका, बोलेकै भरमा मोबाइलले गर्नसक्छ यति धेरै काम

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय स्मार्टफोनले तपाईं हाम्रो दैनिक निकै सहज बनाउँदै लगेको छ । तर साथमा स्मार्टफोन भए पनि त्यसलाई पूर्णरुपमा उपयोग गर्ने तरिका, अर्थात् स्मार्ट बन्न सघाउने ट्रिक तपाईंलाई थाहा नहुन सक्छ ।

आज हामी एन्ड्रोइड स्मार्टफोनमा हुने गुगल असिस्टेन्टका यस्ता ट्रिक्सबारे बताउँदै छौं, जसले तपाईंको दैनिकी सहज बनाउनेछ ।

चाहे तपाईं जुनसुकै एन्ड्रोइड फोन (एन्ड्रोइड ५.० भर्सन माथिका जुनसुकै स्मार्टफोन) चलाउनुहोस्, यी १० गुगल असिस्टेन्ट कमान्डको सहयोगमा आफ्नो समय बचत गर्न सक्नुहुनेछ ।

यसका लागि सबैभन्दा पहिला आफ्नो फोनमा गुगल असिस्टेन्ट (Google Assistant) एप, रहे/नरहेको विचार गर्नुहोस् । छैन भने गुगल प्ले स्टोरमा गएर इन्स्टल गर्नुहोस् । 

‘ओके गुगल’ कमान्ड 

सबैभन्दा पहिले त गुगल असिस्टेन्टले गर्नसक्ने आधारभूत कामबारे तपाईंलाई जानकारी हुनुपर्छ । यसलाई कुनै पनि एप लन्च गर्ने, प्रिलोड तथा डाउनलोड गर्ने काम अराउन सकिन्छ ।

उदाहरणका लागि यदि तपाईं ह्वाट्सएप खोल्न चाहनुहुन्छ भने ‘ओके गुगल, ओपन ह्वाट्सअप’ भन्न सक्नुहुन्छ । यसले तपाईंले भनेको यूआरएलमा गएर वेबसाइटहरू पनि खोलिदिन सक्छ ।

यसका लागि तपाईंले ‘गो टु (कुनै पनि वेबसाइट) डट कम’ भन्नु पर्ने हुन्छ । यदि तपाईं केही कुरा खोज्न चाहनुहुन्छ भने ‘सर्च फर (सर्च वर्ड)’ भन्नुहोस् ।

१. ‘ओके गुगल, ओपन (एपको नाम)’ (कुनै एप खोल्न)

२. ‘हे गुगल, ओपन (वेबसाइटको नामसँगै वेबसाइट)’ (वेबसाइट खोल्न, उदाहरणका लागि हे गुगल ओपन टेकपाना वेबसाइट ।)

३. सर्च फर (सर्च टर्म)

यसबाहेक तपाईंले केही हार्डवेयर फिचरहरूलाई पनि कन्फिगर, इनेबल तथा डिसेबल गर्न सक्नुहुन्छ । उदाहरणका लागि ब्ल्युटुथ, वाई-फाई, फ्ल्याशलाइटलाई स्मार्टफोन नछोई टर्न अन तथा अफ गर्न सक्नुहुन्छ ।

यसबाहेक भोल्युमलाई विशेष लेभलसम्म हाई तथा लो बनाउन सकिन्छ । 

१. ‘ओके गुगल, टर्न अन/अफ, ब्ल्युटुथ/वाई-फाई/फ्ल्याशलाइट (ब्लुटुथ, वाई-फाई वा फ्ल्याशलाइट चालु र बन्द गर्न)’

२. ‘टर्न द भोल्युम अप/डाउन/ टु (अङ्क वा प्रतिशतमा)’ (भोल्युम घटबढ गर्न)

३. ‘म्युट द भोल्युल’ (भोल्युम म्युट गर्न)

१.  भ्वाइस असिस्टेन्ट

तपाईंलाई थाहा हुदाँहुदै पनि कहिल्यै प्रयोग नगरेको फिचर हुन सक्छ, यो । तपाईंले क्रोममा खोलेको आर्टिकल (लेख), पीडीएफ आदिलाई ‘गुगल भ्वाइस’मार्फत सुन्न सक्नुहुन्छ ।

कमान्ड दिन चाहेको वेब पेजमा जानुहोस् र गुगल असिस्टेन्टलाई सामान्य रुपमा ‘रिड अलाउड’ भनेर कमान्ड सुनाउनुहोस् (‘हेलो गुगल रिड अलाउड’ भन्दै आवाज दिएर अराउनुहोस्) त्यो पृष्ठ गुगलले आफैँ पढिदिन्छ ।

तपाईं अन्य कुनै काम गर्दागर्दै विभिन्न वेबसाइटमा रहेका लेख, रचना वा पुस्तक सुन्न सक्नुहुन्छ । यसमा तपाईंले अडियो स्किप गर्न र प्लेब्याक गर्न पनि सक्नुहुन्छ ।  

२. ब्याट्री स्टाटस

तपाईंको फोनको ब्याट्री लेभेल के-कस्तो छ भन्ने कुरा गुगल असिस्टेन्टलाई सोधेर थाहा पाउन सक्नुहुन्छ । यसका लागि ‘व्हाट्स माई ब्याट्री लेभल’ भनेर कमान्ड दिनुपर्ने हुन्छ ।

यो कमान्डले सहायक तथा जडित स्पिकर वा स्मार्ट डिस्प्लेबाट पनि काम गर्छ । तपाईंको फोन आफूसँग नभए पनि गुगललाई कति पावर (ब्याट्री) बचेको छ भनेर सोध्न सक्नुहुन्छ।

३. फोन फाइन्डर

तपाईंले गुगल असिस्टेन्टलाई ‘ह्वेर इज माई फोन’ भनेर सोध्दा दुई प्रकारले काम हुन्छ । पहिलो, तपाईंसँग एउटै गुगल अकाउन्टमा धेरै एन्ड्रोइड डिभाइसहरू लिङ्क भएका छन् भने, तपाईंले एउटा फोनमा कमान्ड दिएर अर्को फोनको अवस्था बुझ्न सक्नुहुन्छ ।

अनि अर्को आफ्नो गुगल अकाउन्टमा जतिसुकै एन्ड्रोइड डिभाइसहरू लिङ्क भएपनि तपाईंले उक्त डिभाइसमा एउटै गुगल अकाउन्टमा साइन ईन हुँदासम्म सहायक-जडित स्पिकर वा स्मार्ट डिस्प्लेलाई यो आदेश दिन सक्नुहुन्छ ।

यति भनेसँगै गुगल असिस्टेन्टले तपाईंको फोनमा घन्टी दिनेछ । तर यसका लागि तपाईंका सम्बन्धित उपकरणमा इन्टरनेट कनेक्सन भने भएको हुनुपर्छ । 

४. डिभाइस साइलेन्स 

गुगल असिस्टेन्टलाई ‘साइलेन्स माई फोन’ कमान्ड दिएर आवश्यक समयमा फोनलाई साइलेन्स मोडमा राख्न सकिन्छ । अरु कमान्ड जस्तै यो कमान्ड पनि एउटै अकाउन्टबाट साइन ईन गरिएका सबै एन्ड्रोइड डिभाइसमा काम गर्छ। 

५. स्थान पहिचान

तपाईं कुनै नयाँ ठाउमा अल्झिँदा वा हराउँदा गुगल असिस्टेन्टलाई ‘ह्वेर एम आई’ भनेर सोधेपछि गुगलले तपा‍ईंको वास्तविक लोकेसन ट्रयाक गरेर देखाउँछ । त्यसपछि त्यहाँ देखिने ‘शेयर माई लोकेसन’मा गएर आफ्ना मान्छेलाई पठाउन सक्नुहुन्छ । 

६. स्क्रिनशट

गुगल असिस्टेन्टलाई ‘टेक स्क्रिनशट’ भनेपछि  फोनले आफैं स्क्रिनशट लिन्छ । यसका लागि स्क्रिनशट लिन चाहेको ठाउँमा पुगेर गुगललाई अराउनुहोस् ।

गुगल असिस्टेन्टको सहयोग लिनुभयो भने तपाईंले स्क्रिनशट लिन कुनै बटन दबाइराख्नु पर्दैन । साथै गुगल असिस्टेन्टले नै स्क्रिनशट सेभ पनि आफैं गरिदिन्छ । 

७. फोटो क्लिक

तपाईंले फोनको क्यामेरा एपमा गएरै फोटो खिच्नुपर्छ भन्ने छैन । गुगल असिस्टेन्टलाई ‘टेक अ पिक्चर’ (मेन क्यामेराबाट फोटो खिच्न), ‘टेक अ सेल्फी’ (सेल्फी लिन), ‘टेक अ भिडियो’ (भिडिओ रेकर्ड गर्न) आदि जस्ता कमान्ड दिन सक्नुहुन्छ । 

८. ‘स्यानिटी-सेभिङ न्वाइज-मेकर’

तपाईंले काम गर्दैगर्दा वा आराम गर्दा कुनै मिठो धुन सुनेर काममा अझ केन्द्रित हुन अथवा आराम गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले गुगल असिस्टेन्टलाई विभिन्न कमान्ड दिन सक्नुहुन्छ ।

जस्तैः ‘प्ले रिल्याक्सिङ साउण्ड’ (आरामदायी आवाजका लागि), ‘प्ले नेचर साउण्ड’ (प्रकृतिको आवाज सुन्न), ‘प्ले वाटर साउण्ड’ (पानीको आवाज), ‘प्ले रनिङ वाटर साउण्ड’ (खोलामा बहँदै गरेको पानीको आवाज), ‘प्ले फरेस्ट साउण्ड’ (जङ्गलको आवाज), ‘प्ले रेन साउण्ड’ (पानी पर्दै गरेको आवाज)।  

९.  सेटिङ शर्टकर्ट

एन्ड्रोइड फोनको असिस्टेन्ट सेटिङमा पुग्न अलिक झन्झटिलो छ । तर  तपाईंले गुगल असिस्टेन्टलाई ‘असिस्टेन्ट सेटिङ’भनेर सुनाएपछि तपाईंले चाहेको सेटिङमा जान सक्नुहुन्छ ।  

१०.  अटो रिपिट

गुगल असिस्टेन्टले भनेको अथवा दिएको जवाफ तपाईंले टिप्नुभएन वा बुझ्नसक्नु भएन भने गुगल असिस्टेन्टलाई ‘आई डिड नट हेयर यु’ भनेर पुनः बोल्न लगाउन सक्नुहुन्छ । यसो गर्दा आवाज अझ राम्रो र ठूलो स्वरमा आउँछ ।

११. गुगल असिस्टेन्ट लेन्स

गुगल असिस्टेन्टको यो फिचर एकदमै विशेष छ । यसको सहयोगमा तपाईं कुनै पनि वस्तुको बारेमा जानकारी लिन सक्नुहुन्छ । यो फिचर प्रयोग गर्नका लागि तपाईंले सुरुमा गुगल असिस्टेन्टमा गएर गुगल लेन्सलाई कमान्ड दिनुपर्ने हुन्छ । त्यसपछि मोबाइलको क्यामेरा खुल्छ ।

अब क्यामेरालाई उक्त वस्तुतर्फ फर्काउनुहोस्, जसको बारेमा तपाईंलाई जानकारी लिनुपर्नेछ । यति गरेपछि फोनको स्क्रिनमा कालो रंगका डटहरू (थोप्लाहरू) देखिन थाल्नेछन् ।

यसको अर्थ यो फिचरले वस्तुको विश्लेषण गर्न सुरु गरिसकेको छ । केही सेकेन्डमै तपाईंले उक्त वस्तुसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ ।

१२. गुगल इन्टरप्रेटर मोड

गुगल असिस्टेन्टको यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै पनि भाषालाई अनुवाद गरेर आफ्नो भाषामा पढ्न र सुन्न सक्छन् । यो फिचर प्रयोग गर्नका लागि तपाईंले गुगल असिस्टेन्मा गुगल इन्टरप्रेटर मोडलाई कमान्ड दिनुपर्ने हुन्छ ।

यति गरेपछि ट्रान्सलेटर बक्स ओपन हुनेछ । यसबाट तपाईंले कुनै पनि भाषा अनुवाद गर्न सक्नुहुनेछ ।

१३. गुगल असिस्टेन्टले नै पढिदिन्छ ताजा समाचार

यो फिचर प्रयोग गर्न एकदमै साधारण छ । यदि तपाईं गुगल असिस्टेन्टको सहयोगमा समाचारहरू सुन्न चाहनुहुन्छ भने सुरुमा गुगल असिस्टेन्ट एप खोल्नुहोस् र ‘गुड मर्निङ’ भन्नुहोस् ।

यति गरिसकेपछि गुगलले तपाईंको सहर वा क्षेत्रको मौसमको जानकारीका साथै ताजा समाचारहरू पढेर सुनाउनेछ ।

१४. अडियाे म्यासेज पठाउन सहयाेगी

गुगल असिस्टेन्टबाट अब अडियो म्यासेज पठाउन सकिने भएको छ, जुन एकदमै छिटो र छरितो छ ।

कुनै पनि म्यासेजिङ एप खोलेर माइक्रो फोन होल्ड गरिरहनुको साटो अब तपाईंले सजिलै गुगल असिस्टेन्टलाई म्यासेज कम्पोज गर्न आग्रह गरेर भ्वाइसबाट अडियो म्यासेज पठाउन सक्नुहुन्छ ।

१५. ओके गुगल अलार्म, टाइमर्स तथा रिमाइन्डर कमान्ड

फोनमा टाइमर वा अलार्म सेट गर्नुछ, तर फोन तपाईंको ब्यागभित्र छ भने चिन्ता नलिनुहोस् । यसका लागि गुगल असिस्टेन्टसँग सहयोग माग्नुहोस् ।

यसबाटै तपाईंले अलार्म सेट गर्न सक्नुहुन्छ । साथै असिस्टेन्टबाटै अलार्म टर्न अफ समेत गर्न सक्नुहुन्छ । यी काम गर्न तपाईंले न ‘क्लक एप’ खोल्नुपर्छ न त फोन नै छुन पर्छ ।

१. ‘ओके गुगल, सेट एन अलार्म फर (समय) ।’ (अलार्म सेट गर्न)

२. ‘सेट अ रिपिटेटिङ अलार्म फर (समय) अन (दिन)’ । (दोहोरिइरहने अलार्म राख्न)

३. ‘शाे मी माई अलार्म्स’ (सबै अलार्म हेर्न)

४. ‘टर्न अफ अल अलार्म’ (सबै अलार्महरू बन्द गर्न)

अलार्म सेट गरेजसरी तपाईंले टाइमर पनि सेट गर्न र त्यसैगरी कन्फिगर पनि गर्न सक्नुहुन्छ । आफूलाई चाहिएको समय सेट गर्न, टाइमर्स देखाउन तथा त्यसलाई टर्नअफ गर्न सबै कुरा गुगल असिस्टेन्टलाई सहयोग माग्नसक्नुहुन्छ । 

१. ‘ओके गुगल, सेट अ टाइमर फर (समयावधि)’ (टाइमर राख्न)

२. ‘शाे मि माई टाइमर्स’ (टाइमर हेर्न)

३. ‘टर्न अफ अल टाइमर्स’ (सबै टाइमर अफ गर्न)

यसबाहेक तपाईंले रिमाइन्डर र दोहोरिइरहने रिमाइन्डर पनि सेट गर्न सक्नुहुन्छ ।

१. ‘ओके गुगल, रिमाइन्ड मि टु (काम, समय, स्थान लोकेसन) ।’ (रिमाइन्डर राख्न)

२. ‘रिमाइन्ड मि टु (कामको नाम) एभ्री (दिन/समय)’ (हरेक दिन गर्ने कामको लागि रिमाइन्डर राख्ने)

३. ‘नोट टु सेल्फ’ (नोट राख्नका लागि)

तपाईंले गुगल असिस्टेन्टको मद्दतबाट क्यालेण्डर इभेन्ट बनाउन तथा अगाडि बनाएको क्यालेण्डर इभेन्ट चेकसमेत गर्न सक्नुहुन्छ । साथै प्याकेज ट्रयाकिङ गर्ने तथा अपकमिङ अपोइन्टमेन्टको चेकआउट गर्ने जस्ता काम पनि गर्न सक्नुहुन्छ ।

१. ‘ओके गुगल, क्रिएट अ क्यालेण्डर इभेन्ट’ (क्यालेण्डरमा इभेन्ट तयार पार्न)

२. ‘ह्वाट डज माइ डे लुक लाइक ?’ (आजको दिन कस्तो रहन्छ र रिमाइन्डर तथा इभेन्टहरू केके छन् भन्ने कुरा थाहा पाउन)

३. ‘ह्वाट डज माई डे लुक लाइक अन (सम्बन्धित दिन वा मिति) ?’ (कुनै निश्चित दिनको आफ्नो शेड्युलमा कार्यतालिका थाहा पाउने)

१६. ओके गुगल म्यासेजिङ/ कल कमान्ड

तपाईंले आफ्नो सम्पर्क सूचीमा भएका व्यक्तिलाई मोबाइलमा टाइप नगरी आफ्नो आवाजको मद्दतले कल वा टेक्स्ट म्यासेज गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सम्पर्क वा टेक्स्ट म्यासेज गर्न चाहेको व्यक्ति तपाईंको कन्ट्याक्ट एपभित्र बसेको हुनुपर्छ ।

‘ओके गुगल, कल (कन्ट्याक्टमा भएको व्यक्तिको नाम)’ भनेर अराउँदा यसले आफैँ फोन गरिदिन सक्छ । आफ्नो कन्ट्याक्टमा भएको व्यक्तिको नाम गुगल असिस्टेन्टलाई बताएर पनि तपाईंले टेक्स्ट म्यासेज गर्न सक्नुहुन्छ ।

यसबाहेक आफ्नो लेटेस्ट म्यासेज हेर्न, ईमेल पठाउन, कन्ट्याक्ट लिस्टबाट व्यक्तिको नम्बर वा जन्मदिन निकाल्न समेत तपाईंले गुगल असिस्टेन्टको सहयोग लिनसक्नुहुन्छ ।

१. ‘ओके गुगल, टेक्स्ट (सम्पर्कमा भएको नाम र म्यासेज)’ (आफ्नो कन्ट्याक्ट लिस्टमा भएको नम्बरमा म्यासेज पठाउन)

२. ‘शाे मी माई म्यासेज’ (आफ्नो म्यासेज थाहा पाउन)

३. ‘सेण्ड ईमेल टु (कन्ट्याक्टमा भएको नाम), सब्जेक्ट (ईमेलको विषयवस्तु), म्यासेज (म्यासेज कन्टेन्ट) ।

४. ‘फाइण्ड (कन्ट्याक्टमा भएको नाम) नम्बर’ (कन्ट्याक्ट लिस्टमा भएको कुनै व्यक्तिको फोन नम्बर थाहा पाउन)

१७. ओके गुगल म्युजिक / मिडिया कमान्ड

तपाईंका हातहरू खाली छैनन् र मोबाइलमा बजिरहेको गीत परिवर्तन गर्नुछ भने तपाईंले यो काम सजिलै गर्न सक्नुहुन्छ ।

गुगल असिस्टेन्टलाई तपाईंले कुनै पनि कलाकार, एल्मब, आफ्नो प्लेलिस्टको जनराको गीत छानी छानी बजाउन लगाउन सक्नुहुन्छ । साथै कुनै पनि गीत गुगल असिस्टेन्टलाई चिन्न लगाउन सक्नुहुन्छ ।

१. ‘ओके गुगल, प्ले (आर्टिस्ट, एल्बम, गीत वा जनरा) ।’ (म्युजिक सुन्न)

२. ‘ह्वाट दिस सङ ?’ (कुनै गीतको बारेमा जानकारी लिन)

३. ‘प्ले सम म्युजिक ।’ (गीत सुन्न)

४. ‘हे गुगल, प्ले माई डान्स प्लेलिस्ट ।’ (कुनै प्ले लिस्टमा भएका गीत सुन्न) ।

५. ‘हे गुगल, ह्वाट्स दिस सङ ?’ (बजिरहेको गीतको बारेमा जानकारी लिन)

६. ‘हे गुगल लाइक (वा डिसलाइक) दिस सङ ।’ (युट्युवमा प्ले भइरहेको कुनै गीतलाई लाइक वा डिसलाइक गर्न)

७. ‘हे गुगल, स्किप फरवार्ड ३० सेकेन्ड्स ।’ (चलिरहेको भिडिओलाई ३० सेकेन्ड फरवार्ड गर्न)/ ‘हे गुगल, स्किप ब्याकवार्ड टु मिनेट्स ।’ (बजिरहेको भिडिओलाई दुई मिनेट पछाडिबाट सुन्न)

यसै गरी फिल्म पनि तपाईंले गुगल असिस्टेन्टको मद्दत लिएर हेर्न सक्नुहुन्छ । साथै आफ्नो डिभाइसमा प्ले भइरहेको फिल्म कुन हो भनेर समेत सोध्न सक्नुहुन्छ । 

१. ‘ओके गुगल, वाच (मुभीको नाम) ।’ (कुनै मुभी हेर्न)

२. ह्वाट मुभी आर प्लेइङ टुनाइट ? (आज राति कुन कुन मुभी लाग्दैछ)

१८. ओके गुगल नेभिगेसन/ ट्राभल कमान्ड

गुगल म्यापको इन्टिग्रेसनका कारण नेभिगेसन र यात्राका लागि गुगल असिस्टेन्ट अझै उपयोगी भएको छ । कुनै पनि लोकेसन वा एड्रेस नेभिगेट गर्नका लागि गुगल असिस्टेन्टको सहयोग लिनुहोस् ।

कुनै पनि विशेष ठाउँ कता छ र कसरी पुग्ने भनेर समेत खोजी गर्न गुगल असिस्टेन्टलाई अराउन सक्नुहुन्छ ।

१. ‘ओके गुगल, नेभिगेट टु (लोकेसन नेम तथा एड्रेस)’ (कुनै निश्चित स्थानसम्म पुग्नका लागि बाटो देखाइ माग्न)

२. ‘गिभ मी वाकिङ (अथवा बाइकिङ) डिरेक्सन टु (पुग्नुपर्ने स्थानको नाम वा ठेगाना) ।’ (कुनै स्थानसम्म जाने बाटो थाहा पाउन)

३. फाइण्ड (कुनै स्थान, संस्था वा अफिसको नाम) (कुनै संस्था वा व्यवसायको विषयमा थाहा पाउन)

४. ‘ह्वेर इज द नियरेस्ट (व्यावसायिक संस्थाको प्रकार)?’ (आफू नजिक रहेको कुनै प्रकारको व्यावसायको जानकारीका लागि)

५. ‘शाे मी द मेनु फर (रेस्टुरेन्ट नेम) ।’ (कुनै रेस्टुरेन्टको मेनु थाहा पाउन)

६. ‘कल (व्यवसाय तथा संस्थाको नाम)’ (कुनै व्यवसायिक संस्थामा फोन गर्न)

७. ‘बुक मी एन अपोइन्टमेन्ट एट (अपोइन्टमेन्ट लिन चाहेको संस्थाको नाम) ।’

तपाईं कतै चाँडै यात्राको तयारी गर्दै हुनुहुन्छ ? यसका लागि ट्राभल स्पेसिफिक कमान्डको सुविधा तपाईंलाई गुगल असिस्टेन्टले प्रदान गर्दछ ।

असिस्टेन्टले तपाईंलाई फ्लाइट, होटलको डिरेक्सन देखाइदिन्छ । विशेषगरी विदेशी मुलुक वा नयाँ ठाउँमा जाँदै गर्दा यो निकै नै उपयोगी हुन्छ । साथै यसले तपाईंलाई त्यो ठाउँको आकर्षक स्थल पनि देखाइदिन्छ ।

आफ्नो फ्लाइटको बारेमा, देशको व्यवसाय तथा आकर्षणको बारेमा पनि विशेष जानकारी पाउन सक्नुहुन्छ ।

१. ‘ह्वाट इज द फ्लाइट स्टाटस अफ (एयरलाइन) फ्लाइट (फ्लाइट नम्बर)?’ (कुनै हवाई जहाज कहाँ छ भन्ने कुरा थाहा पाउन)

२. ‘ह्वाट इज द टाइम जोन इन (ठाउँको नाम) ?’ (कुनै ठाउँको टाइमजोन थाहा पाउनु परेमा)

३. ‘ह्वाट इज द टिप फर (बिलमा रहेको कूल रकम) ?’ (कसैलाई टिप्स दिँदा कति दिने भन्ने अलमल भएमा)

४. इज (कुनै व्यवसाय वा आकर्षक स्थान) ओपन नाउ ? (पार्क, फिल्म हल आदि जस्ता स्थान वा व्यवसाय तत्काल खुला रहेनरहेको थाहा पाउन)

५. ‘ह्वाट आर सम अट्रयाक्सन इन (सिटी, प्लेस, अराउण्ड हेयर) ?’ (आफू रहेको नयाँ ठाउँ वरपरका आकर्षक गन्तव्यको बारेमा थाहा पाउन)

६. ‘ह्वाट इज (विदेशी मुद्राको नाम भन्ने) इन (नेपाली रुपी भन्ने) ?’ (विदेशी मुद्राको विनिमय दर थाहा पाउन)

७. ‘वेन डज (कुनै कार्यालय वा व्यवसायको नाम) क्लोज ?’ (कुनै कार्यालय वा व्यवसाय कतिखेर बन्द हुन्छ भन्ने थाहा पाउन)

८. ‘डिस्ट्यान्स फ्रम हेयर टु (कुनै निश्चित वा परिचित स्थानको नाम)?’ (आफू रहेको स्थानबाट कुनै परिचित स्थान रहेको ठाउँको दूरी थाहा पाउन)

९. ‘हाउ फार अवे इज (ठाउँको नाम)?’ (कुनै ठाउँ कति टाढा छ भनेर थाहा पाउन)

१९. ओके गुगल वेदर कमान्ड 

वेदर फिचर, गुगल असिस्टेन्टको एउटा हाइलाइट फिचर हो । तपाईंले गुगल असिस्टेन्टलाई मौसम बारे विभिन्न किसिमका प्रश्नहरू सोध्न सक्नुहुन्छ ।

१. ‘ओके गुगल, ह्वाट्स द वेदर लाइक ?’ (आजको मौसम कस्तो छ भनेर थाहा पाउन)

२. ‘ह्वाट्स द वेदर इन’ (कुनै ठाउँको नाम भन्ने) फर (दिन वा समयावधि) ?’ (निश्चित दिन वा समयको मौसम अवस्था थाहा पाउन)

३. ‘ह्वाट्स द टेम्प्रेचर ?’ (तापक्रम थाहा पाउन)

४. ‘डु आई निड एन अम्ब्रेला टुडे ?’

५. ‘इज देयर अ चान्स अफ रेन (टुडे, टुमारो वा कुनै निश्चित मिति)

६. ‘ह्वेन इज सनराइज (वा सनसेट) इन (ठाउँको नाम)’ (कुनै निश्चित ठाउँको सूर्योदय वा सूर्यास्तको समय थाहा पाउन)

२०. गुगल असिस्टेन्ट इन्फर्मेसन कमान्ड

कुनै पनि विषयमा आफूलाई चाहिएको प्रश्नको उत्तर तपाईंले गुगल असिस्टेन्टबाट निकाल्न सक्नुहुन्छ । गुगलबाट निकाल्न सक्ने जस्ता सम्पूर्ण जनरल नलेज वा पब्लिक नलेजका साधारण प्रश्नहरू बिना टाइप गरी सोध्नसक्नुहुन्छ ।

कुनै पनि सिनेमा देखि स्टक ट्रेडिङ सबै कुराको बारेमा तपाईंले सोध्नसक्नुहुन्छ ।

१. ‘ओके गुगल, हु इज द प्रोड्युसर अफ (मुभीको नाम)?’ (कुनै फिल्मको प्रोड्युरको नाम थाहा पाउन)

२. ‘हाउ ओल्ड इज (कुनै लोकप्रिय व्यक्तिको नाम) ?’ (कुनै सेलिब्रिटीको उमेर थाहा पाउन)

३. ‘ह्वाट इज द स्क्वायर रुट अफ (अङ्क) ?’(कुनै अङ्कको वर्गमूल पत्ता लगाउन)

४. ‘हु रोट (पुस्तकको नाम) ?’ (कुनै पुस्तकको लेखक थाहा पाउन)

५. ‘हु एक्टेड इन (मुभीको नाम) ?’ (कुनै चलचित्रमा अभिनय गर्ने कलाकारको नाम थाहा पाउन)

६. ‘ह्वाट्स (कम्पनीको नाम) स्टक प्राइस’ (कुनै कम्पनीको स्टक मूल्य थाहा पाउन)

२१. गेम विथ गुगल असिस्टेन्ट 

तपाईंले गुगल असिस्टेन्टबाट मिनी गेमहरू जस्तै सोलिटायर र टिक ट्याक टोई हरू खेल्न सक्नुहुन्छ ।

१. ‘ओके गुगल, प्ले (सोलिटायर/टिक ट्याक टोइ)’

२. ‘ओके गुगल, आइएम फिलिङ लक्की’

३. ‘ओके गुगल, स्पिन द ह्वील’

२२. गुगल असिस्टेन्ट इस्टर एग्स

गुगललाई तपाईं रमाइलोका लागि जुनसुकै काम गराउन सक्नुहुन्छ । जस्तै बिरालो जस्तो कराउन, कविता सुनाउन, जोक भन्न । यसरी आफ्नो रमाइलोको लागि जे पनि गराउन सक्नुहुन्छ ।

प्राइमरी लिङ्क मंसिरमा परियोजना आएपछि माघमा सुरु । प्राइमरी लिङ्कको लागि इन्डिभिजुअल लोकेसनले आफैँ जोडेको । हरेक लोकेसनमा कम्युनिकेसनको बजेट हुने । सबैलाई कलेक्ट गरेर लोकन्थलीबाट क्याटर गरिएको । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२