close

एक करोडले डाउनलोड गरे ‘पब्जी: न्यु स्टेट’, यस्ता छन् गेमका मुख्य आकर्षण

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १६:३३

एक करोडले डाउनलोड गरे ‘पब्जी: न्यु स्टेट’, यस्ता छन् गेमका मुख्य आकर्षण

काठमाडौं: पब्जी मोबाइलको नयाँ भर्सन ‘पब्जी: न्यु स्टेट’ सार्वजनिक भएको दुई दिनमै एक करोडभन्दा बढी डाउनलोड भएको छ ।

पब्जी मोबाइल एक्सेपेरियन्सलाई भविष्यको कल्पनासँग प्रस्तुत गरेर प्लेयरका लागि केही नयाँ बनाउँदै यो भर्सन गत बिहीवार सार्वजनिक भएको थियो । त्यसयता प्ले स्टाेरमा एक करोडभन्दा धेरै डाउनलोड भइसकेको छ ।

कतिपय प्रयोगकर्ताले धेरै ल्याग भएको भन्दै नयाँ भर्सनको आलोचना गरेका छन् भने कतिले यसको नयाँ सिनेम्याटिक डिजाइनलाई राम्रो भनेका छन् ।

केहीले भने इन्स्टल गरेपछि लगईन नै गर्न नसकेको पनि बताएका छन् ।

यस्तै खेल समिक्षाबीच प्ले स्टोरमा यो एपले फोर स्टार (चारवटा तारा ) रेटिङ पाइसकेको छ भने एप स्टोरमा अझै ३.२ स्टार रेटिङ मात्र प्राप्त गरेको छ । सार्वजनिक हुनुअगाडि नै करिब चार करोड प्रयोगकर्ताले यो गेमका लागि प्रि-रजिस्ट्रेसन गरेका थिए ।

क्राफ्टनले २०२१ को सुरुवातमै प्लेयर अननोन ब्याटलग्राउण्ड ‘पब्जी’ को मोबाइल भर्सनका लागि केही नयाँ काम गरिरहेको घोषणा गरेको थियो ।

गत वर्षदेखिको लामो परीक्षणपश्चात अन्तत: कम्पनीले ‘पब्जी: न्यु स्टेट’ भर्सन सार्वजनिक गरेको छ ।

खेलको कुरा गर्ने हो भने पब्जी मोबाइलभन्दा यो त्यति धेरै फरक छैन । किनकि खेल्ने तरिकादेखि अन्य फिचरहरू लगभग उस्तै छन् । फरक मात्र याे हो कि, डेभलपरले यसको ग्राफिक्समा धेरै अपडेट गरेको छ ।

त्यस्तै केही सामान्य सेटिङ पिन परिवर्तन भएको छ । तर यति राम्रो ग्राफिक्स हुँदाहुँदै पनि धेरैले गेम स्लो भएको विषयमा आलोचना गरेका छन् ।

कम्पनी आफैंले पनि यस विषयमा आफ्नो ब्लगमा उल्लेख गरेको छ । गेमको स्मुथनेसदेखि डिस्प्लेसम्मका बगहरूमा धेरै काम गर्न बाँकी नै रहेको र आउने दिनमा यी समस्या सम्बोधन हुँदै जाने कम्पनीले जनाएको छ । 

पब्जी: न्यु स्टेट सन् २०५१ को भविष्यको काल्पनिक स्थानलाई चित्रण गरेर बनाइएको गेम हो । यसमा सन् २०५१ मा हुनसक्ने सम्भावित वातावरण प्रस्तुत गरिएको छ ।

गेममा भविष्यमा हुन सक्ने विद्युतीय गाडीहरू जस्तै भोल्टा चार पाङ्ग्रे गाडी, भल्चर नामको नयाँ मोटरसाइकल र कुनै पनि आक्रमणबाट बच्नका लागि बनाइएको ‘ट्रयाम’ गाडी पनि राखिएको छ । 

एन्ड्रोइडमा यो गेम डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२