close

दराज ११.११ सेलमा एक दिनमै ३६ करोड बढीको सामान बिक्री

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ २१:२

दराज ११.११ सेलमा एक दिनमै ३६ करोड बढीको सामान बिक्री

काठमाडौं । अनलाइन शपिङ साइट दराजले आफ्नो ११.११ सेलमा सात लाख ग्राहकलाई समेट्दै यस अघिका सबै रेकर्ड तोड्न सफल भएको छ । बिहीबार आयोजित दराज ११.११ को चौथो संस्करणमा थुप्रै नयाँ कीर्तिमान बनेका हुन् ।

यस वर्षको सेलमा दराजले ३६ करोड रुपैयाँभन्दा बढीको सामान बिक्री गरेको छ । जुन नेपाली ई-कमर्स बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो एकदिवसीय सेल हो ।

कम्पनीका अनुसार सेल सुरु भएको पहिलो घण्टामै छ करोड रुपैयाँका विभिन्न उत्पादन बिक्री भएका थिए । जुन गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी हो ।

त्यस्तै गत वर्षको रेकर्ड तोड्दै यस वर्षको ११.११ मा ५० प्रतिशतभन्दा बढीको सामान बिक्रीमा अग्रिम अनलाइन भुक्तानी भएको छ । ११.११ मा बिक्री गर्ने हजारौँ व्यवसायहरू मध्ये ५५ प्रतिशतले महामारीको समयमा दराजबाट आफ्नो सामान बिक्री सुरु गरेका थिए ।

कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसाय उत्थानमा गरेको प्रयासका कारण समेत यो सफलता हात लागेको दराजले जनाएको छ । दराज ग्रुपका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले यो नतिजाबाट आफूहरू अत्यन्तै उत्साहित रहेको बताए ।

‘११.११ को सफलताले दराजको ताकत र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई इंगित गर्छ । यति मात्र नभएर, यो एक दिने सेलमार्फत कसरी साना तथा मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलाइनबाट विस्तार गर्न सक्छन् भनेर पनि चित्रण गरेको छ ।’

दराजले पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरेको थियो । त्यसपछि कम्पनीको ध्यान आफ्ना सात ओटा लजिस्टिक पार्टनर र  एक हजारभन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देशभरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित रहेको दराजले जनाएको छ।

सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सबै ग्राहकहरूलाई दराजमाथिको असीम विश्वास र समर्थनको लागि धन्यवाद व्यक्त गरे । ११.११ को सफलता वर्षभरको कडा परिश्रमको नतिजा भएको उनको भनाई छ ।

‘अब हाम्रो सम्पूर्ण ध्यान देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरको डेलिभरी पाउने कुरा सुनिश्चित गर्नेतर्फ केन्द्रित छ,’ उनले भने । ११.११ को सफलतापछि दराजले आगामी दिनमा ग्राहकहरूका लागि लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू ल्याउने घोषणा समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२