close

३८ वर्षअघि सार्वजनिक भएको थियो विन्डोज १.०, यस्तो थियो त्यो रोचक क्षण

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ २२:१९

३८ वर्षअघि सार्वजनिक भएको थियो विन्डोज १.०, यस्तो थियो त्यो रोचक क्षण

काठमाडौं । जसरी कम्प्युटर बिना अहिलेको आधुनिक समयको कल्पना समेत गर्न सकिन्न, त्यसको अपरेटिङ सिस्टम विन्डोज बिना कम्प्युटरको समेत कल्पन गर्न सकिदैन । आजभन्दा करिब चार दशक पहिला प्रविधिमा एउटा यस्तो क्रान्ति भएको थियो, जसले सारा विश्वलाई नै परिवर्तन गरिदियो ।

यो बिल गेट्स र उनको कम्पनी माइक्रोसफ्टको कहानी हो । जसले पहिलो पटक प्रयोगकर्तामैत्री अपरेटिङ सिस्टम विकास गरे । त्यसको नाम विन्डोज १.० थियो । यो अपरेटिङ सिस्टम बिना विश्वका कुनै पनि डेस्कटप कम्प्युटर काम गर्न सक्दैनन् ।

३८ वर्ष अघि अर्थात् १० नोभेम्बर १९८३ का दिन माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले न्युयोर्क सिटीमा एउटा पार्टी आयोजना गरे । उक्त पार्टीमा एउटा अपरेटिङ सिस्टम मुख्य आकर्षणको केन्द्र थियो ।

जुन एकदमै साधारण र सहज किसिमको ग्राफिक युजर इन्टरफेस युक्त थियो । जुन विन्डोज १.० थियो । त्यस समयको विन्डोज अपरेटिङ सिस्टम हेर्नुभयो भने तपाईँलाई पत्याउन पनि मुस्किल पर्न सक्छ ।

त्यसमा एकदमै थोरै फिचर थिए । विन्डोजमा ड्रप डाउन मेनु हुने गर्दथ्यो । साथमा टिल्ड विन्डोज थियो । त्यसैमा माउसको सहयोगमा विभिन्न काम गर्न सकिन्थ्यो ।

पहिलो पटक त्यसले सावित गरेको थियो कि अपरेटिङ सिस्टम यति धेरै सहज हुन सक्छ । ता कि प्राविधिक जानकारी नभएका व्यक्तिले समेत कम्प्युटर चलाउन सक्छन् । विन्डोजको नाम कसले राख्यो भन्ने विषयमा पनि रोचक तथ्य छ ।

जुन विन्डोजमा सारा विश्व चलिरहेको छ, आखिर कसरी रहन गयो होला ? रिपोर्टअनुसार यो नाम बिल गेट्सले राखेका थिएनन् । उनले यसको नाम ‘न्यु ग्राफिक अपरेटिङ सिस्टम’ अर्थात् ‘इन्टरफेस म्यानेजमेन्ट’ राख्न चाहन्थे ।

त्यसताका माइक्रोसफ्टमा मार्केटिङका दिग्गज लुकिली रोल्यान्डले यो अपरेटिङ सिस्टमको नाम विन्डोज राख्नु उचित हुने कुरामा बिल गेट्सलाई मनाए । विन्डोजले अहिले सारा विश्वलाई परिवर्तन गरिदिएको छ ।

विगत करिब चार दशकमा विन्डोजका ११ भर्सन आइसकेका छन् । सफ्टवेयर तथा हार्डवेयरको विश्वमा चामत्कारिक रुपमा विन्डोजले एउटा लामो यात्रा तय गरिसकेको छ ।

आज त्यही विन्डोजकै उपज कम्प्युटर प्रयोग गर्न यति सहज भएको छ कि पेसाकर्मीहरूले चुट्किको भरमा जटिल भन्दा जटिल कम सम्पन्न गरिरहेका छन् । तपाईँलाई सुन्दा अनौठो लाग्न सक्छ ।

सन् १९८० को दशकमा प्रयोग हुने कम्प्युटरमा २५९ केबीको र्‍याम, एउटा ग्राफिक्स एडप्टर, दुई ओटा फ्लपी ड्राइभ वा एउटा हार्ड ड्राइभ हुने गर्दथ्यो । त्यसैमा विन्डोज १.० चल्ने गर्थ्यो ।

बिल गेट्सले विन्डोज सार्वजनिक गरेको समयमा त्यसको मूल्य ९९ डलर अर्थात आजको नेपाली मूल्य अनुसार १२ हजार रुपैयाँ थियो । जुन तपाईंलाई निकै धेरै लाग्न सक्छ । तर त्यसताका कम्प्युटर निकै महँगो चिज हुने गर्दथ्यो ।

त्यसको दाँजोमा माइक्रोसफ्टको विन्डोज १.० को मूल्य त्यति धेरै थिएन । अहिले तपाईं हाम्रो कम्प्युटरमा विन्डोज १० तथा विन्डोज ११ अपरेटिङ सिस्टम चलिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२