close

एप्पल आईडी बिना यसरी गर्नुहोस् आईफोनमा फ्याक्ट्री रिसेट

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ ९:५४

एप्पल आईडी बिना यसरी गर्नुहोस् आईफोनमा फ्याक्ट्री रिसेट

काठमाडौं । फोन चलाउँदै जादा कुनै बेला फोन रिसेट गर्नुपर्ने अवस्था पनि आउनसक्छ । झन् आईफोनमा यो काम एप्पल आईडी बिना गर्नु त्यति सहज छैन । सधैं आफ्नो एप्पल आईडीको विवरण थाहा नहुन पनि सक्छ ।

यसका लागि महँगो पैसा तिरेर मोबाइल मर्मत पसलमा पनि जानुपर्ने हुन्छ । फ्याक्ट्री रिसेट गरिसकेपछि पुराना डेटा र सेटिङ‍हरू सबै हटेर तपाईंको फोन एउटा नयाँ फोन जस्तै हुन्छ ।

तर एप्पल आईडी प्रयोग गरेर चलाएको आईफोनमा ईमेल र पासवर्डबिना फ्याक्ट्री रिसेट गर्न सकिँदैन । यद्यपि अन्य केही उपायहरू छन्, जसको माध्यमबाट बिना एप्पल आईडी आईफोनमा फ्याक्ट्री रिसेट गर्न सकिन्छ ।

यसका लागि तपाईंले आफ्नो आईफोनमा पासकोड राखेको हुनुपर्नेछ भने ‘फाइन्ड माई आईफोन’ फिचर चाहिँ डिसेबल गरेको हुनुपर्छ ।  

पहिलो चरण 

यहाँ क्लिक गरेर ‘Tenorshare 4uKey’ डाउनलोड गर्नुहोस् । यो सफ्टवेयर म्याक र पीसी कम्प्युटर दुवैका लागि उपलब्ध छ । यो सफ्टवेयर डाउनलोड गरेर आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुहोस् ।

त्यसपछि सफ्टवेयर ओपन गर्नुहोस् र ‘अनलक एप्पल आईडी’ अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरेपछि कनेक्ट योर डिभाइस भन्ने  अप्सन आउँछ । अनि आफ्नो डिभाइस यूएसबी केबल प्रयोग गरेर लिंक गर्नुहोस् । त्यसपछि तपाईंको मोबाइलमा आउने पपअप म्यासेजमा ‘ट्रस्ट’ अप्सनमा क्लिक गर्नुहोस् । 

दोस्रो चरण 

सफ्टवेयर डाउनलोड गरेर डिभाइस कनेक्ट गरिसकेपछि एप्पल आईडी रिमुभ गर्नुहोस् । ट्रस्ट अप्सनमा क्लिक गरिसकेपछि ‘स्टार्ट रिमुभिङ’ भन्ने अप्सन आउँछ । सो अप्सनमा क्लिक गर्नुहोस् । यसपछि तपाईंको एप्पल आईडी रिमुभ हुनेछ ।

यसपश्चात सफ्टवेयरमा दिइएको अन्य कमान्डअनुसार अगाडि बढ्नुहोस् र तपाईंको फ्याक्ट्री रिसेट हुनेछ । यसपछि सबैभन्दा अन्तिम चरणमा पुरा भिडिओ गाइडको लागि यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२