close

ह्वाट्सएपको पब्लिक म्यासेज प्राइभेट रुपमा पठाउन चाहनु हुन्छ ? यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १८:२६

ह्वाट्सएपको पब्लिक म्यासेज प्राइभेट रुपमा पठाउन चाहनु हुन्छ ? यस्तो छ तरिका

काठमाडौं । कहिलेकाहीँ तपाईंलाई ह्वाट्सएपमा पब्लिक रुपमा आएको म्यासेज त्यहीँ कसैलाई प्राइभेट रुपमा पठाउनु परेको हुनसक्छ । जस्तै: तपाईं ह्वाट्सएपको कुनै ग्रुपमा हुनुहुन्छ । त्यसमा आएको म्यासेज कसैलाई प्राइभेट रुपमा पठाउनु पर्‍यो भने के गर्ने त ?


यस्तोमा ह्वाट्सएपले प्रयोगकर्तालाई सहज विकल्प उपलब्ध गराएको छ । जसको बारेमा हामी धेरैलाई जानकारी नहुन सक्छ । यो फिचर आईओएस तथा एन्ड्रोइड दुवैमा उपलब्ध छ । तर यसको प्रक्रियामा भने केही भिन्नता छ । त्यसैले यहाँ हामी तपाईँहरूलाई आईओएस र एन्ड्रोइड दुवैमा कसरी पब्लिक म्यासेजलाई प्राइभेट रुपमा पठाउने भन्ने तरिका सिकाउँदै छौ ।

आईओएस

-सुरुमा तपाईंको आईओएस डिभाइसमा ह्वाट्सएप खोल्नुहोस् ।

-अब च्याटमा जानुहोस् र ब्रोडकास्ट लिस्टमा क्लिक गर्नुहोस् ।

-अब त्यहाँ तपाईंलाई नयाँ लिस्ट बनाउनका लागि ‘न्यु लिस्ट’ को अप्सन उपलब्ध छ ।

-न्यु लिस्टमा क्लिक गरी अब त्यहाँ आफूले प्राइभेट रुपमा म्यासेज पठाउन चाहेको व्यक्तिहरू जोड्नुहोस् म्यासेज पठाउनुहोस् ।

एन्ड्रोइड

-सुरुमा एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप खोल्नुहोस् ।

-दायाँ साइडमा माथि रहेको ‘थ्री डट’ मेन्युमा क्लिक गर्नुहोस् ।

-अब त्यहाँ ‘न्यु ब्रोडकास्ट’ मा क्लिक गर्नुहोस् ।

-अब त्यहाँ तपाईंले प्राइभेट रुपमा म्यासेज पठाउन चाहेको व्यक्तिहरूलाई जोड्नुहोस् र पठाउन चाहेको म्यासेज पठाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२