close

ह्वाट्सएपमा चिठ्ठा परेको भन्दै साढे १९ लाख ठगी गर्ने गुरुङ पक्राउ

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ १४:२८

ह्वाट्सएपमा चिठ्ठा परेको भन्दै साढे १९ लाख ठगी गर्ने गुरुङ पक्राउ

काठमाडौं । अनलाइनमार्फत विभिन्न प्रलोभनमा पारेर पैसा ठगी गर्ने रुकुमका २३ वर्षीय विकास गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गत शुक्रबार ठगी गरेको रकमसहित काठमाडौं, गैरीधारबाट गुरूङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभियुक्त गुरूङले ह्वाट्सएप प्रयोगकर्ताहरुको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको छ, विदेशबाट सामानर पार्सल आएको छ भनी सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नुपर्ने झुट्टा बहाना बनाई पैसा ठगी गरेका थिए ।

जितेको रकम अथवा विदेशबाट आएको सामानको कर तिर्न भनी विभिन्न व्यक्तिको बैंक खातामा पैसा जम्मा गर्न लगाएको गोप्य सूचना महाशाखामा आएपछि महाशाखाले अनुसन्धानको क्रममा गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले हालसम्म १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२