close

एप्पलका सीईओ भन्छन् : साइडलोड एप चाहनेले एन्ड्रोइड फोन प्रयोग गर्दा हुन्छ

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ ११:१

एप्पलका सीईओ भन्छन् : साइडलोड एप चाहनेले एन्ड्रोइड फोन प्रयोग गर्दा हुन्छ

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले साइडलोड एप चाहने प्रयोगकर्ताले एन्ड्रोइड फोन खरिद गर्न उपयुक्त हुने बताएका छन् ।

दि न्यु योर्क टाइम्सले आयोजना गरेको डिलबुक अनलाइन समिट मा बोल्दै सीईओ कुकले आईफोन प्रयोगकर्ताले साइडलोडिङ (एप स्टोरमा उपलब्ध एप बाहेक अन्य एप ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गर्ने) गतिविधिमा ध्यान नदिने भन्दै साइडलोड गर्न चाहनेले एन्ड्रोइड प्रयोग गर्दा हुने अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा बोल्दै कुकले प्रयोगकर्तालाई सुरक्षित र संरक्षित प्लेटफर्म छनौट गर्ने वा साइडलोड गर्ने स्वतन्त्रता भएको बताएका छन् ।

उनले भनेका छन्, ‘आजको दिनमा मानिसहरूसँग छनौट गर्ने स्वतन्त्रता छ । यदि तपाईं साइडलोड गर्न चाहनुहुन्छ भने एन्ड्रोइड फोन खरिद गर्नुहोस् । हाम्रो विचारमा प्रयोगकर्तालाई साइडलोडको अप्सन दिनु भनेको म गाडी उत्पादनकर्ताको रुपमा आफ्नो ग्राहकलाई एयरब्याग र सिट बेल्ट नलगाउनु भनेर बताउनुजस्तै हो । जुन आजको दिनमा कसैले पनि गर्दैन । त्यसैले आईफोनको प्राथमिकता भनेको नै धेरैभन्दा धेरै सुरक्षा र गोपनीयताको प्रत्याभूत गर्नु हो ।’

पछिल्लो समयमा एप्पलको एप स्टोर अभ्यास तथा आईफोन प्रयोगकर्ताको एप खरिद र डाउनलोड गर्ने विषयमा कानूनी र सरकारी चासो बढिरहेकै बेला कुकले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३