close

क्यूआर कोडबाट हुने कारोबार प्रति महिना ६ अर्ब नाघ्यो, यसरी हुँदैछ लोकप्रिय

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १६:५४

क्यूआर कोडबाट हुने कारोबार प्रति महिना ६ अर्ब नाघ्यो, यसरी हुँदैछ लोकप्रिय

काठमाडौं । अनलाइन भुक्तानीमा पछिल्लो समय क्यूआर कोडबाट गरिने भुक्तानी निकै लोकप्रिय हुन थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आव २०७८-०७९ को पहिलो त्रैमासिक तथ्याङ्क अनुसार हाल प्रतिमहिना ६ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी क्यूआर कोडबाट हुन थालेको छ ।

गत वर्ष असोजमा ९६ करोड ९० लाख रुपैयाँ क्यूआर कोडबाट भुक्तानी भएकोमा यस वर्षपछि सोही महिनासम्म आइपुग्दा बढेर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

जसका लागि असोजमा मात्रै १५ लाख १५ हजार ३२९ पटक क्यूआर कोड स्क्यान गरिएको थियो ।

भदौमा समेत ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको अनलाइन भुक्तानी क्यूआर कोडमार्फत भएको थियो ।

पसल व्यवसायहरूमा अनलाइन भुक्तानीका लागि डिजिटल वालेट कम्पनी र बैंक तथा वित्तीय संस्थाहरूले क्यूआर कोडको विस्तारलाई आक्रामक बनाएका छन् । जसले गर्दा क्यूआर कोडको प्रयोग उल्लेखनीय रुपमा बढ्दै गएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३