close

माइतीघरमा नियो स्टोरको नयाँ आउटलेट

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १७:५८

माइतीघरमा नियो स्टोरको नयाँ आउटलेट

काठमाडौं । नियो स्टोरले आफ्नो नयाँ आउटलेट माइतीघरमा सञ्चालनमा ल्याएको छ ।  नयाँ आउटलेट खुलेको अवसरमा कम्पनीले मंसिर ५ गते देखि १० गतेसम्म निःशुल्क ल्यापटप सर्भिस उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

कम्पनीका अनुसार यो अविधिमा कुनै पनि ब्राण्डका ल्यापटप प्रयाेगकर्ताले निःशुल्क रुपमा आफ्नाे ल्यापटप मर्मत गराउन सक्नेछन् । त्यस्तै यो अवसरमा एसएसडी कार्डमा २० प्रतिशत छुट, पार्ट्स रिप्लेसमेन्टमा १० प्रतिशत छुट लगायत हार्डवेयर मेन्टेनन्स उपलब्ध हुनेछ ।

साथै नयाँ ल्यापटप किन्न चाहने ग्राहकलाई ल्यापटपकाे विषयमा आवश्यक जानकारी दिने सेवा पनि उपलब्ध हुने नियोकी बजार अधिकृत एलिसा श्रेष्ठले बताइन् ।

याे अवसरमा अन्य थुप्रै अफरहरूमा समेत सहभागी हुन सकिने उनले जानकार दिइन् । यो छुट र अफर माइतीघर आउटलेटमा मात्र उपलब्ध हुनेछ ।

नयाँ आउटलेटमा ल्यापटप, ल्यापटप एक्सेसरी, मोबाइल, स्मार्टवाच, स्मार्ट ब्याण्ड लगायत अन्य घरायसी सामग्री; रेफ्रिजिरेटर, टेलिभिजन, एसी, जुसर, भ्याकुम क्लिनर लगायत उपलब्ध हुनेछ ।

आउटलेटमा क्यानन, ब्रदर, डिजीकम, र्‍यापो, माइक्रोप्याक, क्यासपरस्काई, सामसङ, रेड्मी, वनप्लस, ओप्पो, फिलिप्स लगायत ब्राण्डका उत्पादन उपलब्ध छन् ।

ग्राहकले अनलाइनबाट पनि सामान खरिद गर्न सक्नेछन् भने आउटलेटमै आएर सामान खरिद गर्दा नगदसँगै कार्ड, अनलाइन ट्रान्सफर, फोनपे, कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्नसक्ने उनले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३