close

नेपाल टेलिकम बन्यो सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी

टेकपाना टेकपाना

मंसिर १, २०७८ ८:३७

नेपाल टेलिकम बन्यो सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम समग्रमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी बन्न सफल भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा टेलिकम २०७६/०७७ मा सबैभन्दा धेरै आयकर बुझाउने कम्पनीको रुपमा सम्मानित भएको हो । 

१० औँ कर राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले टेलिकमको प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई सम्मानपत्र प्रदान गरेका छन् । कर दिवसको विशेष कार्यक्रम विभागको लाजिम्पाट स्थित कार्यालय प्राङ्गणमा भइरहेको छ । 

कम्पनीको वित्तीय प्रतिवेदन अनुसार टेलिकमले २०७६/०७७ मा आयकर वापत पाँच अर्ब ९५ करोड ९३ लाख ६५ हजार १५२ रुपैयाँ सरकारलाई बुझाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३