close

नेपालमा स्मार्टफोन ब्राण्ड : कसको बजार हिस्सा कति ?

टेकपाना टेकपाना

मंसिर १, २०७८ १२:५६

नेपालमा स्मार्टफोन ब्राण्ड : कसको बजार हिस्सा कति ?

काठमाडौं । नेपाली बजारमा मोबाइल बिक्रीको हिसाबले कुन स्मार्टफोनको बजार कति छ भन्ने यकिन जानकारी कसैसँग छैन । यस्तोमा लामो समयदेखि सामसङले आफूलाई नम्बर एक घोषणा गर्दै आएको छ ।

साओमीले पनि समय-समयमा आफू पहिलो नम्बरमा रहेकाे दाबी गर्दै आएको छ ।

कम्पनीहरूले आफूलाई पहिलो र ठूलो ब्राण्ड भनेर दाबी गरिरहँदा मोबाइल सेटहरुको तथ्याङ्क ट्रयाक गर्ने संस्था क्यानालिसले हालै सन् २०२१ को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

कम्पनीहरूले बजारमा भित्र्याउने स्मार्टफाेनका आधारमा क्यानालिसले याे प्रतिवेदन तयार पारेकाे हाे । जसअनुसार नेपाली बजारमा सामसङ सबैभन्दा बढी बजार हिस्साका साथ पहिलो नम्बरमा रहेको छ ।

कोरियाली ब्राण्ड सामसङले कुल ३९ प्रतिशत बजार हिस्सा ओगटेको छ भने चिनियाँ ब्राण्ड साओमी २४ प्रतिशत बजार हिस्सामा सीमित हुँदै दोस्रो स्थानमा छ ।

प्रतिवेदनअनुसार २०२१ को तेस्रो त्रैमासिकमा अर्को चिनियाँ ब्राण्ड रियलमी १४ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानमा छ ।

रियलमीले अन्य ब्राण्डको हिसाबले तेस्रो त्रैमासिकमा निकै नै राम्रो उपस्थिति जनाएको छ । अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा नेपालमा रियलमी स्मार्टफोनकाे शिपमेन्ट २५७ प्रतिशतले बढेको छ ।

यो अवधिमा पहिलाे र दाेस्राे स्थानमा कायम सामसङ र साओमीको स्मार्टफोन बिक्रीमा भने कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनमा यो वर्ष सामसङ स्मार्टफोन शिपमेन्ट ३९ प्रतिशतले घटेको छ । त्यस्तै साओमीको शिपमेन्ट ५५ प्रतिशतले घटेको छ ।

प्रतिवेदन अनुसार यो सूचीको चौथो नम्बरमा ट्रान्सियन ब्राण्ड रहेको छ । जसको बजार हिस्सा ७ प्रतिशत रहेको छ भने पाँचौं नम्बरमा रहेको ओप्पोको बजार हिस्सा ६ प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३