close

ह्वाट्सएपमा तपाईंलाई कसैले ब्लक त गरेको छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

मंसिर २, २०७८ १२:१

ह्वाट्सएपमा तपाईंलाई कसैले ब्लक त गरेको छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप विश्वमा सबैभन्दा बढी प्रयोग हुने एपमा पर्छ । जसको प्रयोगकर्ता दुई अर्बभन्दा बढी रहेका छन् । सुरक्षित म्यासेजिङ प्ल्याटफर्मको रुपमा लिइएको ह्वाट्सएपको विभिन्न फिचरमध्ये ब्लकिङ फिचर पनि एक हो ।

यसको अर्थ ह्वाट्सएपमा अनावश्यक व्यक्तिलाई ब्लक गर्न सकिने फिचर उपलब्ध छ । जसमार्फत आफूसँग असम्बन्धित व्यक्तिलाई ब्लक गर्न सकिन्छ ।

तर, यदि कुनै दिन तपाईं नै कसैको ब्लक लिस्टमा पर्नुभयो भने के गर्ने त ? तपाईंलाई कसैले ब्लक गरेको छ भनी कसरी पत्ता लगाउने त ?

आज हामी तपाईंहरूलाई ह्वाट्सएपमा कसैले ब्लक गरेको छ भने कसरी पत्ता लगाउने भन्ने विषयमा जानकारी दिँदैछौं । हुन त यसका लागि ह्वाट्सएपले कुनै सिधा प्रक्रिया उपलब्ध भने गराएको छैन ।

तर, ह्वाट्सएमा देखिने केही सांकेतिक कुराले भने त्यसलाई जनाउने छ ।

‘लास्ट सिन’ स्ट्याटस

यदि कुनै व्यक्तिले तपाईंले ह्वाट्सएपमा ब्लक गरेको छ भने सुरुमा उक्त व्यक्ति ह्वाट्सएपमा कहिले देखिएको थियो भनेर स्ट्याटस चेक गर्नुहोस् । यदि उक्त स्ट्याटस तपाईंको ह्वाट्सएमा देखिँदैन भने हुनसक्छ तपाईंलाई उक्त व्यक्तिले ब्लक गरेको छ ।

अथवा उक्त प्रयोगकर्ताले ‘लास्ट सिन’ स्ट्याटस हेर्न नमिल्ने बनाएको पनि हुन सक्छ ।

प्रयोगकर्ताको नयाँ प्रोफाइल पिक्चर

यदि तपाईंलाई कसैले ह्वाट्सएपमा ब्लक गरेको छ भने उक्त व्यक्तिले ह्वाट्सएपमा राख्ने नयाँ प्रोफाइल पिक्चर तपाईंकोमा देखिने छैन । यसको अर्थ उक्त युजरको च्याटबक्स खाली देखिनेछ ।

यसमा पनि कतै उक्त प्रयोगकर्ताले ह्वाट्सएपको प्रोफाइल पिक्चर हटाएको त छैन भन्ने पनि हुनसक्छ । यस्तोमा तपाईंले अन्य साथीको ह्वाट्सएपमा उक्त व्यक्तिको ह्वाट्सएप प्रोफाइल चेक गरेर कन्फर्म गर्न सक्नुहुनेछ ।

म्यासेजमा एउटा मात्रै चेकमार्क

ह्वाट्सएपले म्यासेजको ट्रयाक चेकमार्कबाट गर्ने गर्छ । यसको अर्थ तपाईंले पठाएको म्यासेज अर्को व्यक्तिले पाए नपाएको भन्ने कुरा म्यासेजसँग तल देखिने चेकमार्कले जनाउँछ ।

यदि म्यासेजसँग एउटा मात्रै चेकमार्क छ भने त्यो म्यासेज तपाईंको बाट गयो भन्ने हो । यदि दुई ओटा चेकमार्क देखिएमा त्यो पाउने व्यक्तिको पनि पुग्यो भन्ने हो ।

यदि दुई ओटा चेकमार्क निलो कलरमा देखियो भने उक्त म्यासेज तपाईंले म्यासेज पठाएको व्यक्तिले पढ्यो भन्ने हो । यदि तपाईंले इन्टरनेको कनेक्सनमा हुनुहुन्छ र तपाईंको म्यासेज डेलिभर भएन भने तपाईंलाई उक्त व्यक्तिले ब्लक गरेको हुनसक्छ ।

कल नलाग्ने समस्या

यदि तपाईंले उक्त व्यक्तिलाई ह्वाट्सएपबाट कल गर्न सक्नु भएन भने पनि उक्त व्यक्तिले तपाईंलाई ब्लक गरेको हुन सक्छ ।

ग्रुपमा एड गर्न सकिँदैन

यदि कुनै व्यक्तिले तपाईंले ह्वाट्सएपमा ब्लक गरेको छ भने, उक्त व्यक्तिलाई तपाईंले ह्वाट्सएपको कुनै पनि ग्रुपमा एड गर्न सक्नुहुन्न । यदि ग्रुपमा एड गर्दा ‘यु आर नट प्रमिटेड टु एड’ भनेर म्यासेज आएको खण्डमा त्यो चैं ब्लक गरेको यकिन गर्ने सबैभन्दा भरपर्दो माध्यम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३