close

विकास भयो १ किलोमिटरसम्म सिग्नल पुग्ने वाई-फाई प्रविधि

टेकपाना टेकपाना

मंसिर २, २०७८ १७:३६

विकास भयो १ किलोमिटरसम्म सिग्नल पुग्ने वाई-फाई प्रविधि

काठमाडौं । एक किलोमिटरसम्म वाई-फाईको सिंग्नल पुग्ने गरी नयाँ प्रविधिको विकास भएको छ । उक्त प्रविधिलाई हालै वाई-फाई अलायन्सले प्रमाणपत्र प्रदान गरेको छ ।

अनुसन्धानकर्मीहरुले विकास गरेको यो प्रविधिलाई ‘वाई-फाई–ह्यालो’ (Wi-Fi Halow) नाम दिइएको छ, जसले इन्टरनेट अफ थिङ्स (आईओटी) ले अघि सारेका लक्ष्य हासिल गर्न सघाउने विश्लेषण गरिएको छ ।

पर्खाल छेडेर करिब एक किलोमिटर दूरी कभर गर्नसक्ने वाई-फाई प्रविधिका लागि १ गिगाहर्ज स्पेक्ट्रम प्रयोग गरिएको छ ।

जुन हाल बजारमा उपलब्ध हुने २.४ र ५ गिगाहर्जको तुलनामा निकै कम हो । त्यो हुँदा यसले पावर पनि कम खपत गर्ने वाई-फाई अलायन्सकाे ब्लगमा उल्लेख छ ।

जति कम फ्रिक्वेन्सी भयो, त्यति नै बढी कभरेज हुने हुँदा पनि १ गिगाहर्ज फ्रिक्वेन्सीमार्फत यसलाई प्रयोगमा ल्याइएको जनाइएको छ । यसले प्रयोगकर्ताको डिभाइसमा पावर खपत पनि कम गर्नेछ ।

यतिसम्म कि प्रयोगकर्ताले प्रयोग गर्ने स्मार्टवाच, स्मार्ट ग्लास जस्ता उत्पादनको पावर पनि अन्य फ्रिक्वेन्सीले भन्दा कम खपत गर्नेछ ।

WiFi HaLow
Wi-Fi_CERTIFIED_HaLow_Highlights

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३