ट्रेन्डिङ:
डिसलाइक हटाउने युट्युबको घोषणाप्रति सहसंस्थापकको असन्तुष्टि आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? मोबाइलबाटै यसरी बनाउनुहोस् दशैंको शुभकामना पोस्टर यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने ! डिशहोमको दशैं अफर, २९ हजार रूपैयाँमा ३२ इन्चको टिभी, २५० एमबीपीएस इन्टरनेट र आईपीटिभी सेवा फेसबुकबाट यसरी सजिलै डाउनलोड गर्नुहोस् मन परेको भिडिओ तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक पैसा नलाग्ने टोल फ्रि नम्बरबाट बजेट सम्बन्धी सुझाव लिँदै अर्थ मन्त्रालय ८ हजार मिटरमाथिका १४ हिमाल चढ्ने नेपाली आरोहीको वृत्तचित्र नेटफ्लिक्समा सार्वजनिक हुँदै
close

डिसलाइक हटाउने युट्युबको घोषणाप्रति सहसंस्थापकको असन्तुष्टि

टेकपाना टेकपाना

मंसिर २, २०७८

डिसलाइक हटाउने युट्युबको घोषणाप्रति सहसंस्थापकको असन्तुष्टि

काठमाडौं । केही साता अघि युट्युवले ‘डिसलाइक’ बटन हटाउने निर्णय सार्वजनिक गरेको थियो । प्रयोगकर्ताको ‘युजर इन्टरफेस’ मा भ्युअर र कन्टेन्ट क्रियटरको सौहार्द अन्तरक्रिया स्थापित गर्नका लागि डिसलाइक गणना गर्न बन्द गर्न लागिएको कम्पनीको भनाई छ ।

भिडिओको लाइक अथवा डिसलाइकका आधारमा कन्टेन्टको गहनताबारे थाहा पाउन नसकिने भन्दै धेरैले कम्पनीको यस किसिमको निर्णयको आलोचना गरेका छन् । यसैबीच युट्युबका सहसंस्थापक जावेद करिमले डिसलाइक गणना हटाउने युट्युबको निर्णयको खण्डन गरेका छन् ।

उनले ‘मि एट द जू’ टाइटलमा युट्युबकै पहिलो भिडिओ राखेका थिए । उक्त भिडिओको डिस्क्रिप्सन परिमार्जन गर्दै उनले युट्युबको निर्णय तर्कसङ्गत नभएको दाबी गरेका छन् । जसमा धेरैले कमेन्ट मार्फत उनको समर्थन पनि गरेका छन् ।

उनले भनेका छन्- ‘म्याट कोभलको घोषणा हेर्दा केही कुराको अन्त्य भइरहेको जस्तो लाग्यो । बोलिएका शब्दहरूले आँखासँग मेल खाँदैनन् । यो भिडिओले मलाई अड्माइरल जेरेमिआ: ले १९६६ मा दिएको अन्तरवार्ताको सम्झना दिलायो ।

मैले यस्तो अनावश्यक घोषणा पहिले कहिल्यै देखेको छैन । उनका अनुसार युट्युबले विश्वव्यापी रुपमा डिसलाइक हटाउन चाहनुको कारण उपयुक्त छैन । बरु यसको साटो युट्युबरहरूमा आधारित अन्य उपयोगी अनुसन्धान गर्नु उचित हुने उनको सुझाव छ ।

‘खराब कन्टेन्ट पहिचान गर्नु कुनैपनि प्लेर्टफमको विशेषता हो । र यस्ता कन्टेन्ट क्रियटरको पर्दाफास गर्नु आवश्यक हुन्छ । के युट्युब जस्तोसुकै कन्टेन्टलाई पनि एकै किसिमको मान्यता दिने किसिमको प्लेटफर्म बन्न चाहन्छ ? यसरी व्यापार विस्तार गर्न मनलाग्दी काम गर्नु बकबासपूर्ण हो ।’