टेलिकममा खुल्यो २७० जनाको जागिर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको दरखास्त आह्वान सम्बन्धी सूचना अनुसार उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी पाँच जना मागिएको छ । त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत कम्पनीमा जागिर खुलेको छ ।

यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । यसैगरी सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकममा जागिरको अवसर रहेको छ ।

दरखास्त आह्वान गरिएका पदमा भर्न गरिने कर्मचारीहरूलाई कम्पनीका विभिन्न निर्देशनालय, विभाग तथा काठमाडौं उपत्यका बाहिरका कार्यालयहरूमा खटाइनेछ । इच्छुक व्यक्तिले टेलिकमको अनलाइन प्रणाली अनुसार यहाँ क्लिक गरी उल्लेखित प्रक्रिया अनुसार अनलाइन आवेदन दिन सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team