close

फेसबुक न्युज फिडमा देखिने पोष्ट अब आफैंले निर्धारण गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १०:३९

फेसबुक न्युज फिडमा देखिने पोष्ट अब आफैंले निर्धारण गर्न मिल्ने

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले नयाँ ब्लग पोष्ट सार्वजनिक गर्दै फेसबुकको न्युज फिडमा देखिने सामग्रीको लागि नयाँ परीक्षण गरिरहेको बताएको छ । हाल यो परीक्षण सीमित प्रयोगकर्तामाझ जारी राखिएको ब्लग पोष्टमा भनिएको छ । 

नयाँ फिचर सुरु भएपछि फेसबुक न्युज फिडमा देखिने पोष्टहरु प्रयोगकर्ता आफैंले निर्धारण गर्न सक्छन् । यो फिचरले प्रयोगकर्तालाई कुन व्यक्तिको पोष्ट बढी हेर्ने र कुन व्यक्तिको पोष्ट कम हेर्ने भनेर आफैंले निर्धारण गर्न सक्ने सुविधा दिनेछ । 

सन् २०१५ मा न्युज फिडको एल्गोरिदनम परिवर्तन गर्दै फेसबुकले आफ्ना नजिकका साथीको पोष्ट बढी देखिने फिचर सुरु गरेको दाबी गरेको थियो । सन् २०१६ मा पनि फेसबुकले यस्तै परिवर्तन गर्दै पेजको भन्दा बढी आफ्नै साथीको पोष्ट बढी देखिने गरी एल्गोरिदनम परिवर्तन गरेको जनाएको थियो । 

सन् २०१८ फेसबुकले न्युज फिडमा देखिने पोष्टहरु कमेन्ट र लाइकका आधारमा निर्धारण गर्ने गरी एल्गोरिदम परिवर्तन गरेको घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३