close

‘द भ्वाइस किड्स’को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १७:१२

‘द भ्वाइस किड्स’को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । गत कात्तिक २६ गतेबाट प्रसारणमा आएको यो रियालिटी शोको लागि एकमात्र भोटिङ पार्टनर हुनेगरी खल्तीले सम्झौता गरेको हो ।

हिमालय टिभीमा  प्रसारण भइरहेको ‘द भ्वाइस अफ किड्स नेपाल’ ले प्रसारण सुरु भएको छोटो समयमै थुप्रै दर्शक बटुलिसकेको छ । ‘खल्ती’का सहसंस्थापक अमित अग्रवालले हिमालयन टिभी र ‘द भ्वाइस किड्स नेपाल’ को पहिलो संस्करणमा साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रेन्चाइज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शोबाट सुरु भएको थियो । तीन ओटा शृङ्खलाको सफलतापछि , ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’नामक नयाँ शृङ्खला सुरु गरेको हो ।

यो रियालिटी कार्यक्रम हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ । अहिले कार्यक्रमको ब्लाइन्ड अडिसन राउन्ड चलिरहेको छ । यो राउन्ड समाप्त भएपछि प्रतिस्पर्धीहरू ब्याटल राउन्डमा प्रवेश गर्नेछन् ।

ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुने र त्यसमा दर्शकहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई खल्तीको मोबाइल एप प्रयोग गरि भोट दिन सक्नेछन् । हाल खल्ती पेका २० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३