close

सुरु भयो २३ करोड पुरस्कार राशिको पब्जी ग्लोबल च्याम्पियनशिप

टेकपाना टेकपाना

मंसिर ३, २०७८ २०:२८

सुरु भयो २३ करोड पुरस्कार राशिको पब्जी ग्लोबल च्याम्पियनशिप

 काठमाडौं । पब्जी ग्लोबल च्याम्पियनशिप २०२१ आजबाट सुरु भएको छ । डिसेम्बर १९ सम्म चल्ने यो प्रतियोगितामा विश्वभरबाट ३२ वटा टोलीले सहभागिता जनाएका छन् ।

कोरियामा भइरहेको यो  प्रतियोगिताको कूल पुरस्कार राशि २० लाख अमेरिकी डलर (२३ करोड रुपैयाँ) रहेको छ । गत वर्ष कोरोना महामारीको कारण रोकिएको पब्जी ग्लोबल च्याम्पियनशिप भौतिक रुपमा उपस्थितमा अनलाइन मार्फत खेलिनेछ ।

कुल टोली मध्ये चीनका पाँच टोलीले अनलाइन मार्फत यो प्रतियोगितामा सहभागिता जनाउनेछन् भने बाँकी सबै टोली कोरियामै गएर खेल्नेछन् । भिषा जारी गर्ने विषयमा समस्या भएपछि चिनियाँ टोलीले भौतिक रुपमा उपस्थित भएर खेल्न नपाएको हो ।

विक्ली सर्भाइभल म्याच जितेर फाइनल विकमा टोलीहरूले खेल्नेछन् । अन्तिम राउन्ड अर्थात् फाइनल राउन्डमा पुग्ने उत्कृष्ट तीन टोलीले छ लाख अमेरिकी डलर (सात करोड १२ लाख रुपैयाँ) पुरस्कार राशीका लागी प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी सबैभन्दा धेरै किल्स भएको प्लयेरले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पाउनेछ भने राम्रो खेल खेलेको एउटा टोलीले २० हजार अमेरिकी डलर (२३ लाख रुपैयाँ) पाउनेछ । खेलमा एकदेखि ३२ सम्मको र्‍याकिङमा सबैभन्दा अन्तिममा रहेका टोलीले पनि १० हजार अमेरिकी डलर पाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३