ट्रेन्डिङ:
वीर अस्पताललमा अब मोबाइलबाटै ओपीडी टिकेट काट्न सकिने, बिरामीलाई यस्ता छन् सुविधा सुरक्षित रूपमा फेसबुक चलाउन जान्नैपर्ने ६ सेटिङ काखमा ल्यापटप चलाउने बानी छ ? यस्ता छन् खतरा टिकटकबाट खाबी लेमले कमाए एक वर्षमै १ अर्ब २७ करोड रकम ९ केजीसम्म तौल बोक्ने एलन मस्कको मानवरुपी रोबोट सार्वजनिक अमेरिकी राज्यको नयाँ कदम, स्मार्टफोनमा पोर्न सामग्री हेर्न प्रतिबन्ध यस्तो छ नेपाल टेलिकमको फोरजीमा चल्ने वाईफाई सेवा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने पेमेन्ट कार्डबारे जान्नैपर्ने कुरा आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका यसकारण सबै बालबालिकालाई सिकाउन जरुरी छ, कोडिङ ल्याङ्ग्वेज
close

वीर अस्पताललमा अब मोबाइलबाटै ओपीडी टिकेट काट्न सकिने, बिरामीलाई यस्ता छन् सुविधा

टेकपाना टेकपाना

मंसिर ४, २०७८

वीर अस्पताललमा अब मोबाइलबाटै ओपीडी टिकेट काट्न सकिने, बिरामीलाई यस्ता छन् सुविधा

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका बिरामीले अब मोबाइल एपबाटै ओपीडी टिकेट काट्नसक्ने भएका छन् । हालै अस्पतालले मिदास टेक्नोलोजी प्रालिसँगको सहकार्यमा वीर हस्पिटल- बुक अपोइन्टमेन्ट नामक एप प्रयोगमा ल्याएको छ ।

अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी यस्ताे व्यवस्था मिलाइएको हाे ।

अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा प्रयोगकर्ताले सजिलै रजिस्ट्रेसन गरी आफू वा परिवार र साथीभाइका लागि अपोइन्टमेन्ट बुक गर्न मिल्ने सुविधा दिइएको छ ।

एपबाटै अस्पतालमा उपलब्ध २३ भन्दा बढी विभागमा उपलब्ध डक्टरको सूची हेरी आफूले चाहेको डक्टर र समय एपबाटै बुक गर्न सकिनेछ ।

एप प्रयाेगकर्ताले ३० रुपैयाँमै ओपीडी टिकेट काट्न सक्नेछन् । यसका लागि आईएमी पे, ईसेवा र खल्तीमध्ये एक भुक्तानी माध्यमको प्रयोग गर्न सकिनेछ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।