close

विण्डोज ११ का लागि आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ४, २०७८ ११:२१

विण्डोज ११ का लागि आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक

काठमाडौं । ह्वाट्सएपको नयाँ बेटा भर्सन डाउनलोडका लागि उपलब्ध भएको छ । यसअघि ह्वाट्सएपको विण्डोज ११ भर्सनमा विभिन्न कमजोरी फेला परेका थिए ।

ती कमजोरीलाई समाधान गर्दै कम्पनीले नयाँ भर्सन उपलब्ध गराएको हो ।

कम्पनीले पुरानो विण्डोजमा उपलब्ध गराउँदै आएको एपमै परिवर्तन गरेर विण्डोज ११ का लागि यूडब्लूपी भर्सन उपलब्ध गराएको हो । जुन प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

यूडब्लूपीमा आधारित नयाँ भर्सनको एपको फ्रन्टइन आकर्षक बनाइएको छ ।

साथै नयाँ भर्सनमा ‘मल्टिडिभाइस सपोर्ट’ समेत उपलब्ध छ ।

यसका साथै ह्वाट्सएपमा भिडियो कलिङमा समेत नयाँ अनुभव लिन सकिने जनाइएको छ । त्यस्तै यसको नोटिफिकेशन सिस्टमा समेत फरक रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३