close

टेलिग्राममा नयाँ फिचर, अब प्रयोगकर्ताले आफ्नो च्यानल प्रचार गर्न सक्ने

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १४:२५

टेलिग्राममा नयाँ फिचर, अब प्रयोगकर्ताले आफ्नो च्यानल प्रचार गर्न सक्ने

काठमाडौं । टेलिग्रामले स्पोन्सर्ड म्यासेज फिचर उपलब्ध गराउने भएको छ । प्रयोगकर्तालाई आफ्नो च्यानल र बट्स प्रवर्द्धनमा मद्दत गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेको हो ।

स्पोन्सर फिचर उपलब्ध भएता पनि प्राइभेट च्याट तथा ग्रुपमा भने कुनै विज्ञापन नआउने जनाइएको छ । प्रयोगकर्ताको गोपनीयतालाई लक्षित गर्दै यो फिचर उपलब्ध गराउन लागेको हाे ।

टार्गेटेड एड (लक्षित विज्ञापन) का लागि यसमा प्रयोगकर्ताको डेटा प्रयोग भएको छैन । यद्यपि यस्तो स्पोन्सर्ड म्यासेज ठूला पब्लिक च्यानलहरूमा मात्रै उपलब्ध हुने जनाइएको छ ।

त्यसका लागि च्यानलमा एक हजार सदस्य हुन आवश्यक छ । त्यस्तै च्यानलको नाम पनि पब्लिक गरेर राख्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३