close

लाइभ अडियो रूम प्रयोग गर्नेलाई ६० लाखसम्म दिँदै फेसबुक

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १५:४९

लाइभ अडियो रूम प्रयोग गर्नेलाई ६० लाखसम्म दिँदै फेसबुक

काठमाडौं । गत जुलाई महिनामा फेसबुक (हाल मेटा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सन् २०२२ को अन्त्यसम्म क्रिएटरलाई एक अर्ब डलर प्रदान गर्ने घोषणा गरेका थिए । तर त्यतिबेला उनले यसबारे थप विवरण खुलाएका थिएनन् ।

हालै द इन्फर्मेशनले बाहिर ल्याएको एक रिपोर्टअनुसार मेटाले प्रयोगककर्तालाई कुल एक अर्ब डलर प्रदान गर्ने भएको छ । यसअन्तर्गत फेसबुककाे लाइभ अडियो रुम गर्ने प्रयाेगकर्ताले ५० हजार डलर (करिब ६० लाख रूपैयाँ) सम्म आम्दानी गर्न सक्ने भएका छन् ।

पछिल्लो समय क्लबहाउसले बजार लिइरहेको सन्दर्भमा फेसबुकले आफ्नो अडियो रुम प्रयोगकर्तालाई लक्षित गर्दै यो योजना ल्याउन लागेको हो ।

याे याेजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् । यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ ।

फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टाग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३