close

एन्ड्रोइड टिभी र ल्यापटपका लागि ‘मि टिभी वेबक्याम’ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १८:३

एन्ड्रोइड टिभी र ल्यापटपका लागि ‘मि टिभी वेबक्याम’ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा ‘मि टिभी वेबक्याम’ (Mi TV Webcam) सार्वजनिक भएको छ । एन्ड्रोइड टिभी र पीसीका लागि लक्षित गर्दै साओमी नेपालले शुक्रबारदेखि यो उत्पादन नेपाली बजारमा विस्तार गरेको हो ।

एन्ड्रोइड टिभी ओएस ८.० र त्यसपछिका संस्करणमा चल्ने टिभी र विण्डोज ७ र त्यसपछिका संस्करणमा चल्ने ल्यापटप तथा डेस्कटपमा यो वेबक्याम प्रयोग गर्न सकिन्छ ।

सजिलैसँग सेटअप गर्न सकिने गरी बनाइएकाे वेबक्याममा फुल एचडी पिक्चर क्वालिटी र डुअल फार-फिल्ड माइक्स लगायतका फिचर छन् ।

साथै प्रयोगकर्ताले सजिलोसँग सेटअप गर्न सक्ने र सुरक्षा हिसाबले पनि विश्वसनीय रहेको कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो वेबक्यामको मूल्य चार हजार ४९९ रूपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३