close

गर्भवती महिलाका लागि हानिकारक ५ ग्याजेट

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १९:५९

गर्भवती महिलाका लागि हानिकारक ५ ग्याजेट

काठमाडौं । यदि तपाईं आमा बन्दै हुनुुहुन्छ भने पक्कै पनि आराम गरेर आफ्नो दिन बिताउँदै हुनुहुन्छ होला । फुर्सदिलो दिनलाई कटाउन अनलाइनमा आफन्तजनहरुसँग कुराकानी, ल्यापटप तथा मोबाइल जस्ता सामाजिक सञ्जाल प्रयोग गर्दै हुनुहुन्छ होला ।

तर यी ग्याजेटहरुले तपाईंको पेटभित्र रहेको बच्चाको विकासलाई कत्तिकाे हानी पुर्‍याइरहेको छ भन्ने कुरा तपाईंलाई थाहा नहुनसक्छ ।

वायरलेस ग्याजेटको अत्याधिक प्रयोग गर्दा यसबाट निस्कने रेडियसनले आमा र बच्चालाई हानी गर्दछ । गर्भवती आमाले सधै विशेष दुई किसिमका रेडियसनबाट बच्नुपर्दछ ।

पहिलो भनेको नन-आयोनाइजिङ रेडियसन हो । सरल रूपमा बुझ्दा घरेलु उपकरणहरु जस्तै माइक्रोवेब, ओभन, टेलिभिजन सेटबाट निस्कने रेडियशन । त्यस्तै दोस्रो भनेको आयोनाइजिङ रेडियसन। यस्ताे रेडियशन चैं एक्स रेबाट निस्कन्छ ।

मोबाइल फोन, वायरलेस टेलिफोन, वाईफाई राउटर र माइक्रोवेब ओभनबाट निस्कने हाई फ्रिन्वेक्सी रेडियसनबाट गर्भवती महिला बच्नुपर्छ ।

आज हामी तपाईंलाई गर्भावस्थामा सकभर प्रयोग गर्न नहुने पाँचवटा ग्याजेटहरुका बारेमा बताउने छौं । जसको कम प्रयोगले पेटभित्रको बच्चाको प्रकृतिक विकासमा सहयोग पुग्दछ । 

१. वाईफाई राउटर 

वाईफाई प्रविधि प्रयोगको सन्दर्भमा विश्व स्वास्थ संगठनले एक्सपोजर लेभल कम हुनुपर्ने बताएको छ । आजसम्मको प्राप्त तथ्याङ्क तथा प्रमाणहरुले बेस स्टेसन तथा वायरलेस नेटवर्कहरुबाट उत्सर्जन हुने कमजोर आरएफ सिग्नलले स्वस्थ्यमा कुनै किसिमको खराब असर नपर्ने देखिएको छ ।

WiFi Routers

मेडिकल साइन्सका अनुसार कलिलो मस्तिष्क तन्तु र पातलो खप्पर भएका बालबालिकाहरु माइक्रोवेबको रेडियसनले धेरै असर गर्दछ । जर्नल अफ माइक्रोस्कोपी र अल्ट्रास्ट्रक्चरमा प्रकाशित एक अध्ययनका अनुसार वयष्कहरुको तुलनामा बालबालिकाहरुलाई रेडियसनको धेरै जोखिम हुन्छ ।

गर्भवस्थाको समयमा सेलफोन र वाईफाई राउटरले ५० प्रतिशतसम्म गर्भपतनको जोखिम बढाउने धेरै महिलाहरुलाई थाहा नै हुँदैन । 

२. माइक्रो वेभ

माइक्रोवेभले इलेक्ट्रोम्याग्नेटिक रेडियसनको प्रयोग गरी तापक्रम बढाउँछ । यस प्रकारको रेडियसनले इलेक्ट्रोम्याग्नेटिक फिल्ड अर्थात् ईएमएफ निर्माण गर्दछ । ईएमएफले जन्मको समयमा नवजात शिशुमा न्यून तौल र विभिन्न किसिमका शारीरिक कमी कमजोरी पैदा गरिदिने बताइन्छ ।

Microwaves

यसैले गर्भवती आमाले फूट हिटर तथा माइक्रो वेभ प्रयोग गर्नुहुँदैन । यस्तै प्लास्टिक प्लेटहरुमा क्यान्सर तत्व बिस्फेनोल ए अर्थात् बीपीए भएको कारण प्लास्टिकको प्लेट वा बोलमा तातो खाने कुरा पनि खानुहुँदैन । 

३. ल्यापटप

गर्भावस्थामा ल्यापटप र कम्प्युटरको स्क्रिनलाई मोड्रेसनमा प्रयोग गर्दा सुरक्षित हुन्छ । तर गर्भवती महिलाले धेरै लामो समयसम्म ल्यापटप प्रयोग गर्नुहुँदैन । यसलाई लामो समयसम्म प्रयोग गर्दा यो तात्न थाल्छ । यदि शरीर नजिक राख्नुभएको छ त झनै यसले आमा र बच्चालाई असर गर्छ ।

Laptops

यसैले ल्यापटप प्रयोग गर्दा कुलिङ प्याडसँग कुसन वा टेबल राखी प्रयोग गर्नु पर्दछ । साथै आमाले ल्यापटप प्रयोग गरिरहँदा आफू सही पोस्चरमा छु भन्ने पनि सुनिश्चित गर्नु पर्दछ । 

४. सेल फोन

सेल फोन भनेको रेडियो फ्रिक्वेन्स इलेक्ट्रो म्याग्नेटिक फिल्डको मुख्य स्रोत हो । गर्भवती महिलाले दिनमा दुई/तीन पटक मोबाइल प्रयोग गर्दा पनि पछि जन्मने बच्चामा हाइपर एक्सभिटी तथा खराब बानीहरु विकास हुने जोखिम हुन्छ । तब उनीहरुले भविष्यमा भावना र सामान्य समस्यालाई व्यवस्थापन गर्ने क्षमता गुमाउन सक्छन् । 

Cell Phones

५. ब्लुटुथ हेडसेट

ब्लुटुथ हेडसेटबाट निस्कने रेडियो फ्रिक्वेन्सी पनि माइक्रोवेभ जतिकै हानिकारक हुन्छ । यसैले कारको माध्यमबाट मस्तिस्कसम्म रेडियसनलाई वारपार गराउने यस्ता वायरलेस ग्याजेटको प्रयोगबाट गर्भवस्थामा आफूलाई टाढै राखेको राम्रो । 

Bluetooth Headsets

गर्भवस्थामा सेलफोन रेडियसनको असर

माथि उल्लेख गरिएकामध्ये हामीले सर्वाधिक प्रयोग गर्ने ग्याजेट भनेको माेबाइल फोन नै हो । सेलफोन बिना एकदिन मात्र कटाउन पनि हामीलाई निकै हम्मे हम्मे पर्दछ । सेलफोनले अन्य ग्याजेटको तुलनामा हाई फ्रिक्वेन्स रेडियसन उत्सर्जन गर्दछ ।

यले विश्वविद्यालयको मेडिकल साइन्स विभागको एक अध्ययनअनुसार सेलफोनबाट निस्कने रेडियसनले पेटमा रहेको बच्चाको मस्तिष्क विकासलाई प्रभावित पार्दछ ।

जसले पछि हाइपरएक्टिभिटी उत्पन्न गराउन सक्छ । पेटभित्र रहेको बच्चाको विकासको चरणमा उसको मस्तिष्क एकदमै कमजोर र संवेदनशिल हुन्छ । यसमा हाडको संरक्षण एकदम कम हुन्छ यसैले यसभित्र सजिलै धेरै रेडियसन छिर्न सक्छ ।

दिनमा दुई देखि तीनपटकसम्म हेडफोन लगाउँदा यसले पर्याप्त असर गर्दछ । भनिन्छ यस्ता रेडियसनले वयष्कहरुको डीएनएलाई त असर गर्दछ भने भ्रुणमा यसको के असर होला त ?

गर्भवस्थामा ग्याजेट प्रयोग गर्दा सचेत रहनुपर्ने कुरा

  • दूरी महत्वपूर्ण कुरा हो । वायरलेस ग्याजेटबाट जति टाढा रह्यो त्यति राम्रो हुन्छ ।
  • माेबाइल फोन प्रयोग गर्दा फोनलाई मस्तिष्क नजिक आउन नदिन ईयरफोन प्रयोग गर्नुहोस् ।
  • प्रयोगविहिन अवस्थामा रहेका ग्याजेटहरुलाई स्विच अफ राख्नुहोस् । विशेषगरी रातकाे समयमा यसले रेडियसन एक्सपोज घटाउँछ । किनभने रातको समयमा शरीरले धेरैभन्दा धेरै डीएनए रिपेयरको काम गरिरहेको हुन्छ ।
  • मोबाइल डेटा अफ गर्नुहोस् । टु जी, थ्रीजी, फोरजीजस्ता मोबाइल इन्टरनेट सेवाले धेरे हाई फ्रिक्वेन्सीको रेडियसन उत्सर्जन गर्दछ ।
  • वाईफाई राउटरलाई गर्भवती सुत्ने कोठाभन्दा टाढा राख्नुहोस् ।
  • घरको वाईफाई प्रविधिलाई वायर्ड (तार सहितकाे)  इन्टरनेटमा परिवर्तन गर्नुहोस् । यो सुन्दा पुरानो जमाना जस्तो लाग्न सक्छ तर गर्भावस्थामा यो उत्तम उपाय हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३