close

मिडियाटेककाे शक्तिशाली प्रोसेसर सार्वजनिक, अब फोनमा ३२० मेगापिक्सेलसम्मको क्यामेरा आउने

टेकपाना टेकपाना

मंसिर ५, २०७८ ७:५०

मिडियाटेककाे शक्तिशाली प्रोसेसर सार्वजनिक, अब फोनमा ३२० मेगापिक्सेलसम्मको क्यामेरा आउने

काठमाडौं । ताइवानको प्रतिष्ठित चिप निर्माता कम्पनी मिडियाटेकले आफ्नो फ्ल्यागशिप प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ९००० सार्वजनिक गरेको छ । कम्पनीले क्वालकम स्न्यापड्रागन ८८८ प्लस र आउँदो स्न्यापड्रागन ८९८ को प्रतिस्पर्धीको रुपमा आफ्नो शक्तिशाली चिपसेट विश्व बजारमा ल्याएको हो ।

कम्पनीको दाबी अनुसार यो ४ एनएम प्रोसेसरका लागि बनाइएको विश्वकै पहिलो चिपसेट हो । जसमा छ गिगाहर्ज तथा फाइभजी नेटवर्कमा सात जीबीपीएसको डाउनलोड स्पिड उपलब्ध गराउन सक्छ । यसमा ब्लुटुथ ५.३ को सपोर्ट रहेको छ ।

कम्पनीका अनुसार मिडियाटेक डाइमेन्सिटी ९००० विश्वकै पहिलो यस्तो चिपसेट हुनेछ, जसले ३२० मेगापिक्सेल क्यामेरा सेन्सरलाई सपोर्ट गर्न सक्छ । यसको स्पिड ३.०५ गिगाहर्ज रहेको छ । साथै यसले एलपीडीडीआर५एक्स ७५०० एमबीपीएसमा समेत सपोर्ट गर्दछ ।

यो प्रोसेसर भएको स्मार्टफोन आउँदो वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुनेछन् । यो नयाँ चिपसेटको अर्को विशेषता भनेको पुरानो भर्सनको तुलनामा यसले धेरै ब्याट्री ब्याकअप प्रदान गर्नेछ ।

यसबाहेक प्रयोगकर्ताले मोबाइलमा एचडीआर भिडिओ समेत रेकर्ड गर्न पाउनेछन् । मिडियाटेक डाइमेन्सिटी ९००० प्रोसेसरले गर्दा प्रयोगकर्ताको फोनमा १८० हर्ज रिफ्रेश भएको डिस्प्ले पाउन सम्भव हुनेछ ।

साथै यो प्रोसेसरले ब्लुटुथ, वाई-फाई, जीपीएस र स्टेरियो स्टुडियो जस्ता फिचरलाई समेत साथ दिन सक्छ । मिडियाटेकले केही समय अघि फिलोजिक १३० तथा फिलोजिक १३० ए प्रोसेसर सार्वजनिक गरेको थियो ।

यी दुवै चिपसेटलाई विशेषगरी इन्टरनेट अफ थिङ्स (आईओटी) का लागि तयार गरिएको हो । यी दुवै चिपसेटले माइक्रोप्रोसेसर, आर्टिफिसियल इन्टेलिजेन्स इन्जन, ब्लुटुथ ५.२ तथा वाई-फाई सिक्सलाई समेत सपोर्ट गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३