close

स्टेरिङ बिनाको पूर्ण स्वचालित कार निर्माण गर्दै एप्पल

टेकपाना टेकपाना

मंसिर ५, २०७८ ११:१६

स्टेरिङ बिनाको पूर्ण स्वचालित कार निर्माण गर्दै एप्पल

काठमाडौं । एप्पलले पूर्णरुपमा चालकरहित कार निर्माण गर्ने योजना बनाएको छ । जसमा यसअघिका कारहरूमा जस्तो स्टेरिङ ह्विल र प्याडल समेत हुनेछैन ।

सेल्फ ड्राइभिङ, बिना स्टेरिङ ह्विल र प्याडलजस्ता विशेषतालाई मिलाएर कम्पनीले कार निर्माण गर्ने एप्पल वाचका प्रमुख केभिन लिन्चले बताएका छन् । यो नै पूर्णरुपमा चालकरहित कारको पहिलो भर्सन हुने दावी समेत उनले गरेका छन् । 

एप्पलले सन् २०१४ देखि ‘प्रोजेक्ट टाइटन’ मा काम गरिरहेको छ । जसको महत्वकांक्षा निकै नै ठुलो रहेको छ । उक्त परियोजनाका प्रमुखहरू परिवर्तन हुने र नयाँ आउने क्रम जारी नै रहेको छ । यसैबीच हाल प्रोजेक्ट टाइटनको जिम्मेवारी लिन्चले लिएका छन् ।

उनै लिन्चले एप्पलको योजना पूर्णरुपमा चालकरहित कार निर्माण गर्नु रहेको बताए । उनले भने, ‘यसको पहिलो मोडल सन् २०२५ सम्म तयार हुनेछ ।’

हाल कम्पनीले लेक्सस एसयूभी कारमा आफ्नो उक्त प्रविधिको परीक्षण गरिरहेको क्यालिफोर्नियास्थित मोटर भेइकल विभागले बताएको छ ।

हुन त टेस्लाका इन्जिनियरले यसका केही फिचर उपलब्ध गराइसकेका छन् । तर, पूर्णरुपमा स्वचालित कारको निर्माण भने भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३