close

करोडौं डलरमा बिक्री हुने ‘एनएफटी आर्ट’ अब वेबसाइटबाटै निःशुल्क डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ५, २०७८ २१:१८

करोडौं डलरमा बिक्री हुने ‘एनएफटी आर्ट’ अब वेबसाइटबाटै निःशुल्क डाउनलोड गर्न सकिने

काठमाडौं । अष्ट्रेलियाका कलाकार तथा प्रोग्रामर जेफ्री हन्ट्लीले करोडौं डलरमा बिक्री हुँदै आएको ‘एनएफटी आर्ट’ निःशुल्क रुपमा डाउनलोड गर्न सकिने सुविधा भएकाे वेबसाइट बनाएका छन् ।

यसमार्फत हालसम्म उपलब्ध सम्पूर्ण एनएफटी डाउनलोड गर्न सकिने दाबी गरिएकाे छ । एनएफटी एक प्रकारको डिजिटल टोकन हो  । जसको स्वामित्व बिक्री हुँदै आएको छ भने एनएफटी खरिदका लागि करोडौं डलर खर्च गर्ने गरेको पाइन्छ ।

त्यस्ता एनएफटी निःशुल्क डाउनलोड गर्न सकिने गरी हन्ट्लीले ‘एनएफटी बे’ नामक प्राइभेसी वेबसाइट निर्माण गरेका हुन् । ‘म मान्छेहरूलाई उनीहरूले के खरिद गरिरहेका छन भन्ने देखाउन चाहन्छु । त्यसैले एनएफटी डाउनलोड गर्न सकिने वेबसाइट बनाएको हुँ ।’

अन्तर्राष्ट्रिय टेक न्युज पोर्टल ‘मदरबोर्ड’ का अनुसार हन्ट्लीले टोरेन्ट डाउनलोड साइड ‘दी प्राइभेट बे’ भित्र रहेर उक्त वेबसाइट निर्माण गरेका हुन् । जसमा इथेरियम, सोलाना जस्ता दुई चर्चित क्रिप्टोकरेन्सीका एनएफटी उपलब्ध छ, जसको साइज १७ टेराबाइट रहेको जनाइएको छ ।

योसँगै जो कोहीले पनि उक्त एनएफटी डाउनलोड गर्नसक्ने बताइएको छ । तर, त्यसरी डाउनलोड गरिएको एनएफटीमा भने कुनै स्वामित्व भने हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२