close

हिटर प्रयोग गर्दा थाहा पाउनैपर्ने ५ कुरा

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १०:८

हिटर प्रयोग गर्दा थाहा पाउनैपर्ने ५ कुरा

काठमाडौं । जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग हुने गरेको छ । चिसो याममा न्यायोपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दु:खदायी घटना समेत हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।

जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन् । त्यसैले चिसोमा तपाईं विद्युतीय  हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नुहोस् । 

१. हावाको ओसिलोपना सोस्छ 

जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने तथा चिलाउने समस्या आउन सक्छ । बालबालिकाको नरम र संवेदनशिल छालाको लागि हिटर एकदमै नराम्रो कुरा हो । 

२. निसासिने गराउँछ

श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरले स्वास फेर्न अप्ठयारो बनाउन सक्छ । हिटर प्रयोग गर्ने हो भने सधैं एक बाल्टिन पानी राखेर झ्याँलहरु खुल्ला राख्नुहोस् । 

३. शरीरको तापमान तलमाथि बनाउँछ 

हिटरको कृतिम तापमानमा बस्ने बानी तपाईंको शरीरलाई परेको छ भने जब तपाईं बाहिर जानु हुन्छ तब तपाईंको शरीरको तापमान अचानक गडबड हुन सक्छ । यस्तो बेला तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ । 

४. आगो तथा चोटपटक लाग्न सक्छ 

 जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईंको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ । 

५. बटम लाइन 

हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस् । यसको माथि कुनै पनि वस्तु नराख्नुहोस् । हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिन भरी पानी राख्नुहोस् । हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२