close

गुगल प्ले स्टोरमा ‘अफर’ ट्याब आउँदै

टेकपाना टेकपाना

मंसिर ६, २०७८ ११:२५

गुगल प्ले स्टोरमा ‘अफर’ ट्याब आउँदै

काठमाडौं । गुगल प्ले स्टोरमा प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै एप किन्नका लागि छुट्टै अफर ट्याब आउने भएको छ । अहिले प्लेट स्टोरमा प्रयोगकर्ताले गेम्स, एप्स र मुभिज गरी तीन वटा ट्याब छन् ।

प्ले स्टोरमा अब भने एप्स र मुभिजको बीचमा ‘अफर’ ट्याब आउने छ, जसमा प्रयोगकर्ताले विभिन्न एपका अफरहरु देख्नेछन् ।

अहिले प्ले स्टोरमा देखिने ‘अफर एण्ड नोटिफिकेसन’ ट्याबभन्दा यो फरक हुने बताइएको छ ।

तर, प्ले स्टोरमा अफर ट्याब थपिएपछि प्रयोगकर्ताले के फाइदा पाउछन् भन्नेबारे गुगलले प्रष्ट पारिसकेको छैन ।

सम्भवतः यो ट्याबमा प्रयोगकर्ताले छुट प्याकेजसहित विभिन्न एपहरु किन्न पाउने सुविधा हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२