close

नेपालको आफ्नै स्याटेलाइट राख्ने योजनाअन्तर्गत ४ कम्पनी शर्टलिस्टमा

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १२:४८

नेपालको आफ्नै स्याटेलाइट राख्ने योजनाअन्तर्गत ४ कम्पनी शर्टलिस्टमा

काठमाडौं । अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनीको शर्टलिस्ट तयार पारेको छ ।

नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।

यसअघि आठवटा अन्तर्राष्ट्रिय कम्पनीले पेस गरेका प्राविधिक र आर्थिक प्रस्तावबाट चार परामर्शदाता कम्पनी शर्टलिस्टमा परेका हुन् ।

यसअन्तर्गत फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम रहेका छन् ।

प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० हुने र दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुने प्राधिकरणले जनाएको छ ।

सरकारले सन् २०२२ भित्र आकाशमा नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२