close

नयाँ घरमा विद्युतीय सवारीको चार्जिङ पोर्ट अनिवार्य गर्दै बेलायत

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १५:३०

नयाँ घरमा विद्युतीय सवारीको चार्जिङ पोर्ट अनिवार्य गर्दै बेलायत

काठमाडौं । बेलायत सरकारले नयाँ बन्ने घर तथा भवनमा विद्युतीय सवारी चार्जिङ पोइन्ट अनिवार्य गर्ने भएको छ । यसअघि सरकारले सन् २०३० देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीको किनबेच बन्द गर्ने घोषणा गरिसकेको छ ।

विश्वव्यापी रुपमा पर्यावरणमैत्री वातावरणको प्रयास भइरहेका बेला बेलायत सरकारले यस्तो कदम लिएको हो । यही कदमस्वरूप नयाँ बन्न लागेका र बन्दै गरेका घरमा विद्युतीय सवारी चार्जिङ पोइन्टको जडान अनिवार्य गरिने भएको छ ।

कन्फेडेरेसन अफ ब्रिटिश इन्ड्रस्ट्री (सीआईबी) को वार्षिक सम्मेलनमा बोल्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘हामीलाई नयाँ घर र भवनमा ईभी चार्जिङ पोइन्टहरू चाहिन्छ, जसका लागि थप एक लाख ४५ हजार चार्जिङ पोइन्ट स्थापना गर्नुपर्ने हुन्छ ।’

साथै पुराना घर तथा भवनलाई समेत मर्मत सम्भार गरी अपग्रेड गर्नुपर्नेमा उनले जाेड दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२