close

अनलाइन गेम खेल्न घरबाट सवा करोड चोरी नेपाल आइरहेका भारतीय बालक पक्राउ

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १६:४०

अनलाइन गेम खेल्न घरबाट सवा करोड चोरी नेपाल आइरहेका भारतीय बालक पक्राउ

काठमाडौं । अभिभावकले अनलाइन गेम खेल्न नदिएपछि नेपाल आउँदै गरेका एक भारतीय बालक पक्राउ परेका छन् ।

कक्षा ११ मा अध्ययनरत १५ वर्षीय ती बालक ३३ लाख भारतीय रूपैयाँ र २१३ थान सुनका गहनासहित नेपाल आउने क्रममा पक्राउ परेका हुन् ।

उनलाई त्यहाँको प्रहरीले चेन्नई एयरपोर्टबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको छ ।

अभिभावकको फोनमा लामो समयसम्म अनलाइन गेम खेल्न थालेपछि उनलाई आमाले गेम खेल्न प्रतिबन्ध लगाएकी थिइन् ।

त्यसपछि गएको बिहीवार ३३ लाख भारू नगद र ४२ लाख भारू बराबरको सुन (कूल एक कराेड २० लाखनेपाली रूपैयाँ बराबरकाे नगद र सुन) लिएर उनी घरबाट भागेका थिए ।

पैसा र सुन हराएपछि उनका अभिभावकले प्रहरलाई खबर गरे । प्रहरीको अनुसन्धानका क्रममा ती बालकले काठमाडौंको हवाई टिकट काटिसकेको र गहना बेच्ने तयारीमा रहेको पत्ता लागेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२