काठमाडौं । पासवर्ड म्यानेजर नोर्डपासले सन् २०२१ मा सबैभन्दा धेरै प्रयोग गरिएका २०० ओटा झुर पासवर्डको सूची सार्वजनिक गरेको छ । यसका लागि नोर्डपासले विभिन्न ५० देशका प्रयोगकर्ताको धेरैपटक दोहोरिने कमजोर पासवर्डको विश्लेषण गरेको छ ।
जसमा ४३ देशमा 123456 पहिलो नम्बरमा छ । सन् २०२० को तुलनामा यो पासवर्डको प्रयोग २५ लाख ४३ हजार २८५ ले बढेर सन् २०२१ मा आएर १० करोड ३१ लाख ७० हजार ५५२ पटक उपयोग भएको छ ।
यस्ता कमजोर पासवर्ड अनुमान गर्न तथा ह्याक गर्न सहज हुन्छ । आज हामी तपाईंलाई नोर्डपासले सार्वजनिक गरेका त्यस्ता २०० ओटा पासवर्डको बारेमा बताउँछदै छौँ, जुन यसवर्ष सबैभन्दा धेरै प्रयोग भएका छन् ।
यस्ता पासवर्ड राख्ने व्यक्तिहरू जहिले पनि ह्याकरको निशानामा हुन्छन् । अधिक प्रयोग हुने कमजोर २०० ओटा पासवर्ड मध्ये धेरैजसोलाई क्र्याक गर्न ह्याकरलाई केवल एक सेकेन्ड पर्याप्त हुन्छ ।
यदि तपाईं पनि यसमध्ये कुनै पासवर्ड प्रयोग गर्नुहुन्छ भने सावधान हुन जरुरी छ । त्यसैले यसभन्दा फरक र बलियो पासवर्ड राखेर आफ्नो अनलाइन सुरक्षालाई मजबुत बनाउने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।