टेलिकमले ल्यायो ‘प्याकेज एक, फाइदा अनेक’ अफर

Nepal Telecom

काठमाडौं । नेपाल टेलिकमले ‘प्याकेज एक फाइदा अनेक’ अफर ल्याएको छ । यसअन्तर्गत टेलिकमको फाइबर इन्टरनेट जडान गर्दा ग्राहकले एनटीटिभी निःशुल्क प्रयोग गर्न सक्नुका साथै टेलिफोन लाइनमा भ्वाइस कल र मोबाइलमा डेटा निःशुल्क पाउनेछन् ।

यो अफर माघ १ गतेसम्म सञ्चालन हुनेछ । टेलिकमले सञ्चालन गरेका २५, ४० वा ८० एमबीपीएस गतिको इन्टरनेट खरिद गरी यो प्याकेजमा सहभागी हुन सकिनेछ ।

यसअन्तर्गत ग्राहकले एक वर्षका लागि १५ हजार ९८० रूपैयाँमा २५ एमबीपीएस अनलिमिटेड इन्टरनेट खरिद गर्दा १६५ भन्दा बढी च्यानल भएको एनटी टिभी निःशुल्क हेर्न पाउनेछन् ।

त्यस्तै टेलिफोन लाइनमा तीन हजार मिनेट फ्रि कल पाउनेछन् भने एउटा मोबाइलमा १०६ जीबी डेटा पाउनेछन् । यो प्याकेज लिँदा राउटर र सेटटप बक्स पनि निःशुल्क पाउन सकिने जनाइएको छ ।

त्यस्तै यो प्याकेजअन्तर्गत एक वर्षका लागि ४० एमबीपीएस इन्टरनेटको शुल्क १७ हजार १०० रूपैयाँ निर्धारण गरिएको छ भने ८० एमबीपीएस गतिको इन्टरनेटको शुल्क २२ हजार ५०० रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team