close

एपको समस्याले सयौँ ड्राइभर टेस्ला कारमा बस्न नपाएपछि एलन मस्कले मागे माफी

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १५:१

एपको समस्याले सयौँ ड्राइभर टेस्ला कारमा बस्न नपाएपछि एलन मस्कले मागे माफी

काठमाडौं । केही दिनअगाडि टेस्लाको मोबाइल एप बन्द हुँदा प्रयोगकर्ताहरूले आफ्नो गाडी प्रयोग गर्न पाएनन् । सोही घटनालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख एलन मस्कले माफी मागेका छन् ।

सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन भएपछि विश्वभर नै टेस्लाको मोबाइल एप प्रभावित भएको थियो । जसले गर्दा बेलायत, अमेरिका, कोरिया लगायतका प्रयोगकर्ताहरूले आफ्नो गाडी प्रयोग गर्न पाएका थिएनन्

The fault, attributed to an accidental network change by Tesla staff, struck worldwide, with complaints (like that pictured) tweeted from countries including the UK, US and Korea

हुन त किकार्डको प्रयोग गरेर समेत टेस्लाको गाडी चलाउन सकिन्छ । तर साथमा किकार्ड नभएका अथवा किकार्ड प्रयोग नै नगर्ने प्रयोगकर्ताहरू यो समस्याबाट बढी प्रभावित भएका हुन् । यो समस्या हाल समाधान भइसकेको छ । 

यही विषयलाई लिएर मस्कले ट्वीटरमा माफी माग्दै आउने दिनमा यो समस्या नहुने कुराको प्रत्याभूत गराएका छन् । कोरियाका एक सवारीधनीलाई एलन मस्कले ट्वीटरमा मेन्सन नै गरेर यस विषयमा व्यक्तिगत तवरमा प्रतिक्रिया दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२