close

अब भारत जान समेत क्यूआरसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य, लिने कसरी ?

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १८:४९

अब भारत जान समेत क्यूआरसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य, लिने कसरी ?

काठमाडौं । अब छिमेकी देश भारत जान समेत क्यूआर कोडसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य गरिएको छ । आज एक कार्यक्रमबीच दुई देशका प्रतिनिधिहरूले नेपाल र भारत आवतजावतमा ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ अर्थात् खोप प्रमाणपत्र आवश्यक हुनेगरि सम्झौता गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेलका अनुसार अब सीमा नाका तथा विमानस्थलमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने छ । यसैगरी भारतबाट नेपाल आउन पनि खोप प्रमाणपत्र हुनुपर्ने व्यवस्था गरिएको छ । 

नेपालको तर्फबाट सचिव पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमतिमा हस्ताक्षर गरेका छन् । क्यूआर कोड सहितको कोरोना खोप लिनको लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२