close

आईफोन १२ र १२ प्रो निःशुल्क मर्मत गरिदिने एप्पलको घोषणा

टेकपाना टेकपाना

मंसिर ८, २०७८ ८:३६

आईफोन १२ र १२ प्रो निःशुल्क मर्मत गरिदिने एप्पलको घोषणा

काठमाडौं । हालै मात्र आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा केही समस्या देखिन थालेपछि एप्पलले यी फोनहरू निशुल्कमा रुपमा मर्मत गरिदिने घोषणा गरेको छ । आईफोन १२ र १२ प्रोको साउन्ड लगायतका अन्य फिचरहरूमा समस्या देखिए पछि एप्पलले एक सूचना जारी गर्दै ती फोनहरू निशुल्क मर्मत गरिदिने बताएको हो ।

कम्पनीका अनुसार सन् २०२० को अक्टोबरदेखि २०२१ को अप्रिल महिनाको बीचमा बनेका आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा साउन्डको समस्या देखिएको छ । यसअनुसार फोन कल अथवा अन्य कुनै भिडिओ कल गर्दा आफ्नो आवाज नजाने समस्या भएका कुनै पनि आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोका ग्राहकले निशुल्क रुपमा आफ्नो फोन मर्मत गर्न पाउनेछन् ।

यसका लागि प्रयोगकर्ताले यहाँ क्लिक गरी आफ्नो क्षेत्रमा भएको आधिकारिक एप्पलको सेवा प्रदायक पत्ता लगाउन सक्नेछन् । साथै कम्पनीको एप्पल सपोर्टमा गएर पनि आफ्नो नजिकको आधिकारिक सेवा प्रदायक छनौट गरी आफ्नो बिग्रिएको आईफोन मर्मतको लागि आवेदन दिन सकिनेछ । कम्पनीले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि  यो  घोषणा गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२