close

जनगणनामा नपरे पैसा नलाग्ने ‘टोल फ्री’ नम्बरमा सम्पर्क गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १०:५६

जनगणनामा नपरे पैसा नलाग्ने ‘टोल फ्री’ नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं । २५ कात्तिकदेखि राष्ट्रिय जनगणना २०७८ चलिरहेको छ । केन्द्रिय तथ्याङ्क विभागबाट जनसङ्ख्या गणनाको काम गर्न ३९ हजार आठ हजार पाँच सय जना गणक देशभरका घरघरमा गइरहेका छन् ।

तर विभिन्न कारणले तपाईं जनगणनामा पर्नबाट बञ्चित हुन सक्नुहुन्छ । यदि त्यस्तो अवस्थामा नजिकको जनगणना कार्यालय, वडा कार्यालय वा गणकसँग सम्पर्क राख्न सकिन्छ ।

साथै मङ्सिर ८ गतेसम्म पनि गणकहरू तपाईंको घरपरिवारमा आएनन् भने टोल फ्री नम्बर ११७८ मा सम्पर्क राख्न सकिनेछ । यो नम्बरमा फोन गर्दा पैसा लाग्ने छैन ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२