close

विन्डोज ११ इन्टरप्राइज भर्चुअल मसिन निःशुल्क डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ८, २०७८ ११:३७

विन्डोज ११ इन्टरप्राइज भर्चुअल मसिन निःशुल्क डाउनलोड गर्न सकिने

माइक्रोसफ्टले आफ्नो विन्डोज ११ इन्टरप्राइज भर्चुअल मसिन निःशुल्क डाउनलोड गर्न सकिने गरी उपलब्ध गराएको छ । डेभलपरहरूलाई लक्षित गर्दै माइक्रोसफ्टले भनेको छ, ‘विन्डोजको पछिल्लो भर्सनको साथमा भर्चुअल मसिन प्रयोग गरी विन्डोज एप्लिकेसन छिटो तयार पार्न डेभलपर टुल्स, एसडीके, र नमूनाहरू उपलब्ध गराइएको हो ।’

डाउनलोडका लागि उपलब्ध यो प्याकेजमा विन्डोज ११ इन्टरप्राइज (एभोलुसन), विन्डोज १० एसडीके, भर्सन २००४ (१०.०.१९०४१.०) र यूएमपी सहित भर्चुअल स्टुडियो २०१९ (पछिल्लो मिति १०/०९/२०२१ को), डटनेट डेस्कटप र अजुरे वर्कफ्लो तथा विन्डोज टेम्प्लेट स्टुडियो एक्सटेन्सन समावेश छन् ।

साथै भिजुअल स्टुडियो कोड (पछिल्लो १०/०९/२०२१ मितिको), इन्स्टल गरिएको उबन्टु सहितको  इनेबल लिनक्सका लागि विन्डोज सबसिस्टम, इनेबल गरिएको डेभलपर मोड र इन्स्टल गरिएको विन्डोज टर्मिनल समेत उपलब्ध गराइएको छ । माइक्रोसफ्टका अनुसार यी भर्चुअल मसिनहरूको म्याद १ सेप्टेम्बर २०२२ मा समाप्त हुनेछ ।

माइक्रोसफ्टले भीएमवेयर (VMWare), हाइपर-भी (Hyper-V), भर्चुअल बक्स (VirtualBox) र भर्चुअल मसिनको प्यारलल् (Parallels ) भर्सनका लागि डाउनलोड उपलब्ध गराएको छ र त्यसलाई यहाँ क्लिक गरी सोझै माइक्रोसफ्टबाट डाउनलोड गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२