close

फोटो पारखीका लागि सामसङले ल्यायो एड्भान्स फिचर भएको ‘एक्पोर्ट रअ क्यामेरा’ एप

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १२:१०

फोटो पारखीका लागि सामसङले ल्यायो एड्भान्स फिचर भएको ‘एक्पोर्ट रअ क्यामेरा’ एप

काठमाडौं । सिङ्गल टेक, डाइरेक्टर्स भ्यु, एटके (8K) भिडिओ स्न्याप लगायत थुप्रै फिचर भएको सामसङको क्यामेरा एप यस अघि देखि नै उपलब्ध छ ।  तर फोटोमा एकदमै पारखी हुनुहुन्छ र त्यसका लागि थप फिचर आवश्यक परेको खण्डमा के गर्नुहुन्छ ?

अब भने ढुक्क हुनुहोस्,  तपाईंले रअ सपोर्ट जस्ता फिचर भएको क्यामेरा एप पाउन सक्नु हुने भएको छ । यसका लागि कम्पनीले भर्खरै छुट्टै एप सार्वजनिक गरेको हो । सामसङले ग्यालेक्सी स्टोरमा बेटा भर्सनको रुपमा यो एक्सपर्ट रअ क्यामेरा एप सार्वजनिक गरेको छ ।

जसमा मल्टी फ्रेममा आधारित १६-बिट रअ सपोर्ट, अल्ट्रा-वाइड, टेलिफोटो र पेरिस्कोप क्यामेरा जस्ता फिचर समेत रहेका छन् । यस अघिको एपसँग तुलना गर्ने हो भने उक्त एपमा मेन तथा अल्ट्रा वाइड क्यामेरा प्रयोग गरी रअ शुट गर्ने सुविधा मात्रै रहेको छ ।

सामसङ कम्पनीका मोडरेटरका अनुसार बहु अवधारणाको अर्थ तपाईंले परिष्कृत शार्पनेस, डिटेल र डाइनामिक रेन्ज सहितको रअ शट यसबाट पाउन सक्नुहुनेछ । यति मात्र होइन, एक्पर्ट रअ एपले एचडीआर, गुणस्तर नगुम्ने जेपीईजी सपोर्ट, प्रो मोड कन्ट्रोल (उदाहरणका लागि शटर स्पिड, एक्सपोजर, म्यानुअल फोकस र हिस्टोग्राम) र एडोबीको लाइटरूममा रअ प्रोफाइल एक्सपोर्ट गर्ने सुविधा समेत यसमा पाउन सकिन्छ ।

यद्यपि सीमित स्वरुपमा सार्वजनिक भएको यो एपको कमजोर पक्ष भनेको हाल यो एप ग्यालेक्सी एस २१ अल्ट्रा तथा एन्ड्रोइड १२ मा मात्रै प्रयोग गर्न सकिन्छ । तर सामसङका मोडरेटरले आफ्नो टिप्पणीमा ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी ट्याब एस ५ ई, सहितका अन्य डिभाइसमा समेत एक्सपर्ट रअ एप चलाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२