close

हाम्रो बजारबाट नयाँ-पुराना सामान बिक्री गर्दा अमेरिका जाने मौका

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १२:५२

हाम्रो बजारबाट नयाँ-पुराना सामान बिक्री गर्दा अमेरिका जाने मौका

काठमाडौं । पुराना तथा नयाँ सामानहरू बिक्री गर्ने अनलाइन माध्यमको रुपमा परिचित हाम्रो बजारले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । अब हाम्रोबजारमा बेच्नको लागि सामान राख्दा विभिन्न अफरसहित बम्पर उपहारको रुपमा अमेरिकाको लस भेगासको ट्रिप जित्न सकिनेछ ।

पुस १६ गतेसम्म लागू हुने यो योजनामा सहभागी हुन प्रयोगकर्ताले फोन, मोटरसाइकल, गाडी, जग्गा, घर लगायतका आफूले बिक्री चाहेको कुनै पनि समान हाम्रोबजार डटकममा पोस्ट गर्न सक्छन् । हरेक दिन हुने लक्की ड्र मार्फत उक्त दिनभर पोस्ट गर्ने प्रयोगकर्ताहरूबाट भाग्यशाली बिक्रेताले स्मार्टफोन, टिभी, फ्रिज, ल्यापटप, ट्याब्लेट लगायतका उपहारहरू जित्ने मौका पाउनेछन् ।

साथै यो योजना अवधिभर सामान बिक्रीका लागि पोस्ट गरेका सबै प्रयोगकर्ता मध्येबाट बम्पर ड्र मार्फत एकजनाले लस भेगासको ट्रिप जित्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२