close

क्रिप्टोकरेन्सी नियमन गर्ने कानून ल्याउँदै भारत

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १५:१३

क्रिप्टोकरेन्सी नियमन गर्ने कानून ल्याउँदै भारत

काठमाडौं । छिमेकी मुलुक भारतले क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि कानून जारी गर्ने तयारी गरेको छ । भारतको संसद्‌मा केही सातामै क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि तयार पारिएको कानूनको विधेयक पेश हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यो कानून लागू भएसँगै भारतमा सबै क्रिप्टोकरेन्सी अवैध हुनेछन् । तर, प्रविधि विकासको लागि भने क्रिप्टोकरेन्सी सम्बन्धी अध्ययन गर्न दिइने प्रावधान प्रस्तावित कानूनमा उल्लेख गरिएको छ । 

‘क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल करेन्सी नियमन विधेयक २०२१’ नाम दिइएको यो कानूनले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने प्रावधान राखे पनि भारतको केन्द्रिय बैंकले जारी गर्ने डिजिटल करेन्सीलाई भने सहजीकरण गर्नेछ । 

भारतका राजस्व सचिव तरुण बजाजलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यममा क्रिप्टोकरेन्सीलाई पनि करको दायरामा ल्याउने गरी सरकारले कर नीति संशोधन गर्ने तयारी थालेको खबर छ । सरकारले आगामी वर्षमा ल्याउने बजेटमा यो प्रावधान उल्लेख हुन सक्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२