close

सिटिजन्स बैंकको मोबाइल एप नयाँ स्वरूपमा, यस्ता छन नयाँ सुविधा

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १८:५५

सिटिजन्स बैंकको मोबाइल एप नयाँ स्वरूपमा, यस्ता छन नयाँ सुविधा

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङलाई अपग्रेड गर्दै थप फिचरहरू उपलब्ध गराएको छ ।

यो सँगै अब प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत नै सीआरएन तथा डिम्याट नम्बरको विवरण हेर्ने सक्ने भएका छन् । त्यतिमात्रै नभएर हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक ई-क्यास पठाउने, रकम जम्मा गर्न ई-भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरूले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्युआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा यसैमार्फत प्राप्त गर्न सक्नेछन् ।

यो सँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई मोबाइल वा कम्प्युटरबाटै घरमा बसेर बिभिन्न बैंकिङ सेवा सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२