close

चार महिनामा नेपालीले किने पाँच अर्बभन्दा बढीको ल्यापटप र नोटबुक

टेकपाना टेकपाना

मंसिर ८, २०७८ २१:५५

चार महिनामा नेपालीले किने पाँच अर्बभन्दा बढीको ल्यापटप र नोटबुक

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा पाँच अर्ब रुपैयाँ भन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि कात्तिकसम्म पाँच अर्ब ३७ करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरका ९५ हजार ७५९ थान ल्यापटप र नोटबुक आयात भएका हुन् ।

जबकि कात्तिक महिनामा मात्रै एक अर्ब २९ करोड ३ लाख ६८ हजार रुपैयाँका कूल २१ हजार २४९ वटा ल्यापटप तथा नोटबुक आयात भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भने (साउनदेखि कात्तिक बीचको अवधिमा) दुई अर्ब आठ करोड ४१ लाख भन्दा बढीका कुल ३७ हजार ६०८ थान ल्यापटप तथा नोटबुक आयात भएका थिए ।

जब कि २०७७/०७८ को कात्तिक महिनामा केवल ५१ करोड ९९ हजार २० लाख रुपैयाँका कूल आठ हजार ५०० थान ल्यापटप तथा नोटबुक आयात भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२