close

सबै उपकरण चार्ज गर्न सकिने ३ पोर्ट भएको फास्ट चार्जर ल्याउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर ८, २०७८ २२:४३

सबै उपकरण चार्ज गर्न सकिने ३ पोर्ट भएको फास्ट चार्जर ल्याउँदै सामसङ

काठमाडौं । सामसङ स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र अन्य मोबाइल कम्प्युटिङ उत्पादनका साथै कयौं इलेक्ट्रोनिक एक्सेसरिज समेत बिक्री गर्दै आएको छ । अब कम्पनीले नयाँ चार्जर ल्याउने तयारी गरिरहेको छ, जसबाट सबै उत्पादनहरू छिटोगरि चार्ज हुनेछन् ।

ईपी-टी ६५३० चार्जरलाई  दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले यसलाई पावर एडप्टर ट्रियो (Power Adapter Trio) भन्ने गरेको छ । यसको नामबाटै प्रष्ट छ कि यो एउटा यस्तो चार्जिङ एडप्टर हो, जसबाट आफ्ना सबै डिभाइस एकसाथ चार्ज गर्ने सुविधा उपलब्ध गराउँछ ।

ता कि प्रयोगकर्तालाई अन्य कुनै अतिरिक्त एडप्टर राख्न नपरोस् । अर्को शब्दमा भन्नुपर्दा यो चार्जर विशेषतः त्यस्ता व्यक्तिहरूका लागि उपयोगी हुनेछ, जो यात्रामा निस्किरहेका हुन्छन् । यस्तोमा फरक फरक डिभाइसका लागि छुट्टाछुट्टै चार्जर बोकिरहनुपर्ने झन्झट हट्नेछ ।

हाल केही युरोपियन वेबसाइटमा बिक्रीका लागि उपलब्ध यो चार्जरको बारेमा कम्पनीले कुनै आधिकारिक घोषणा भने गरेको छैन । त्यसैले यसको अधिकतम पावर आउटपुट ६५ वाट वा १०५ वाट (६५ वाट+२५ वाट+१५ वाट) कति हो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

यद्यपि चार्जरमा १x६५ वाट यूएसबी टाइप-सी, १x२५ वाट यूएसबी टाइप-सी र १x१५  यूएसबी टाइप-ए गरी तीन पोर्ट राखिएका छन् । युरोपियन वेबसाइट लिस्टिङबाट यसको मूल्य ५६ युरो अर्थात करिब आठ हजार ६९० रुपैयाँ रहेको थाहा हुन्छ ।

यदि यी स्पेसिफिकेसन वास्तवमै सही हुन् भने तपाईं यो चार्जरबाट ग्यालेक्सी बुक, ग्यालेक्सी एस २१ मात्रै नभएर ग्यालेक्सी जेड फ्लिप ३ लाई समेत तीव्र रुपमा चार्ज गर्न सक्ने अपेक्षा राख्न सक्नुहुन्छ । यद्यपि यो उत्पादन अहिलेसम्म आधिकारिक रुपमा सार्वजनिक भने भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२