close

टेलिकमका सिममा ग्लोबल आइएमईको मोबाइल एपलाई निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

मंसिर ९, २०७८ ८:४७

टेलिकमका सिममा ग्लोबल आइएमईको मोबाइल एपलाई निःशुल्क इन्टरनेट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई अब मोबाइल बैंकिङ एपका निःशुल्क इन्टरनेट प्राप्त गर्ने भएका छन् । बैंकले नेपाल टेलिकमसँग सहकार्य गर्दै ‘ग्लोबल स्मार्ट’ र ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डेटा उपलब्ध गराउने भएको छ ।

यो सुविधा नेपाल टेलिकमका ग्राहकको हकमा मात्रै लागू हुनेछ । टेलिकमले विभिन्न एप तथा वेबसाइट निशुल्क रुपमा चलाउन सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । सोही अन्तर्गत बैंकसँगको समझदारीमा बैंकको एप पनि समावेश गरेको हो ।

बैंकले आफ्ना ग्राहकलाई नयाँ प्रविधिमा अभ्यस्त गराउने उद्देश्यका यसको सुरुवात गरेको जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२