close

ट्रुकलरका मासिक सक्रिय प्रयोगकर्ता ३० करोड माथि

टेकपाना टेकपाना

मंसिर ९, २०७८ ११:४३

ट्रुकलरका मासिक सक्रिय प्रयोगकर्ता ३० करोड माथि

काठमाडौं । स्विडेनका दुई जना इन्जिनियरले सुरु गरेको ट्रुकलर आज विश्वभर फैलिएको छ । जसका मासिक सक्रिय प्रयोगकर्ता ३० करोड नाघेका छन् ।

मोबाइलमा आउने नयाँ नम्बरको फोन पहिचान तथा अनावश्यक कललाई ब्लक गर्न यो एप प्रयोग हुँदै आएको आएको छ । त्यतिमात्रै नभएर धेरै प्रयोगकर्ताले यसैलाई आफ्नो कम्युनिकेसनको मुख्य माध्यमका रुपमा समेत लिने गरेका छन् । यसको अर्थ यही एपलाई कल तथा म्यासेजिङका लागि डिफल्ट एपको रुपमा समेत प्रयोग भइरहेको छ ।

निशुल्क र पेड दुबै भर्सनमा उपलब्ध यो एपले पाएको लोकप्रियताकै कारण आज यसको मासिक सक्रिय ग्राहक ३० करोड पुगेको हो ।

‘ट्रुकलर नम्बर पहिचान र अनावश्यक कल ब्लकका लागि आज विश्वको सबैभन्दा रुचाइएको एप बनेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मामेडीले भने, ‘जसको प्रतिफल हामीले ३० करोडको आँकडा छुन सफल भएका छौं । यसका लागि हामी हाम्रो प्रयोगकर्ता प्रति कृतज्ञ छौं ।’

आगामी दिनमा प्रयोगकर्तालाई थप सुविधा, नयाँ नयाँ प्रविधि उपलब्ध गराइ यो ग्रोथलाई कायम राख्न कम्पनीको निरन्तर प्रयास रहने समेत उनले बताएका छन् । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२