close

औषधी ठानेर एक महिलाले एयरपड निलेपछि…

टेकपाना टेकपाना

मंसिर ९, २०७८ ११:३१

औषधी ठानेर एक महिलाले एयरपड निलेपछि…

काठमाडौं । बेला बेलामा एप्पलका उत्पादनसम्बन्धी रोचक खबरहरू सार्वजनिक हुने गर्दछन् । यस्ता प्रसङ्गहरूले अक्सर एप्पलका उत्पादनको मजबुत पक्ष दर्साउने गर्दछ ।

आईफोन, आईप्याड र म्याकसँग जोडिएका यस्ता सन्दर्भ त हामीले पटक पटक सुन्दै आएकै हौँ । तर अब यो सूचीमा एप्पलको एयरपड समेत थपिएको छ । अमेरिकाको बोस्टनकी एक महिलाको टिकटक भिडिओ अहिले भाइरल भइरहेको छ ।

जसले एप्पलको एयरपड सम्बन्धी आफ्नो अनुभव खुलाएकी छिन् । बताइए अनुसार @iamcarliiiib युजरनेम रहेकी ती महिलाले झुक्किएर औषधीको साटो एयरपड निलेकी थिइन् ।

@iamcarliiib

For ✨educational✨ purposes heres what happened when I mixed up my #airpod and an ibuprofen. Here to share awareness #LevisMusicProject #fyp

♬ Oh No – Kreepa

उनको भनाइलाई मान्ने हो भने दुखाईको औषधी इब्रुप्रोफेन औषधी सेवन गर्न खोजिरहेकी थिइन, जुन उनको एउटा हातमा थियो । तर उनले दुखाइको समस्याले हतार हतार औषधीको साटो अर्को हातमा रहेको एयरपड निल्न पुगिन् ।

निलिसकेको केही समयपछि औषधीको साटो आफूले एयरपड निलेको कुरा उनले चाल पाइन् । त्यसपछि उनले बल गरेर त्यसलाई बाहिर निकाल्ने कोसिस पनि गरिन् । तर त्यो सम्भव भएन ।

एक्सरे गरेपछि निश्चित भयो उनको पेटमा साँच्चिकै एयर पड नै भेटियो । ती महिलाले उक्त एयरपडले पेटमा हुँदा समेत काम गरिरहेको थियो । किन भने उक्त एयरपड पेटमा रहँदा समेत उनको आईफोनसँग कनेक्टेड थियो ।

जसले गर्दा एयरपडले पेटभित्रको सबै आवाज रेकर्ड गरिरहेको थियो । डाक्टर समेत उक्त आवाज सुनेर आश्चर्यचकित बने । रेकर्डिङमा पेटको गडगडाहटको आवाज आइरहेको  थियो । ती महिलाले एयरपड निल्दा त्यसको कुनै नकारात्मक प्रभाव पर्‍यो वा परेन भन्ने कुरा चाहिँ स्पष्ट छैन । तर यो खबरले भने अहिले सनसनी मच्चाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२